Monday 23rd March 2026

निर्मला प्रकरण : धनगढीमा प्रदर्शन, मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दिइयो चेतावनी

7 years अगाडी

कञ्चनपुर, १४ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्द आजपनि धनगढीमा प्रदर्शन गरिएको छ ।बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म र्‍याली निकालेर प्रदर्शन गरेका थिए ।

उक्त प्रदर्शनीमा निर्मला पन्तका बुबाआमा पनि सहभागी थिए । प्रदर्शन पनि संघर्ष समितिले मुख्यमन्त्रीको कार्यालय अगाडि केहि बेर धर्ना सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् ।ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

          October 31, 2018 4:08 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...