लाइनमा जोडिएसँगै खोला र खोल्सीबाट बगेका पानीबाट पनि मनग्य आम्दानी
रामहरि न्यौपाने बेत्रावती, १५ कात्तिक लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएका विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै खोला र खोल्सीबाट बगेका पानीबाट पनि मनग्य आम्दानी हुन थालेको छ ।नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा समुदायको लगानीमा स्थापित स्याउरेभूमे लघु जलविद्युत् आयोजना विसं २०६० देखि निरन्तर दश वर्ष जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाका लागि उज्यालो दिने एक मात्र सहारा बनेको थियो तर जब विसं २०७० मा केन्द्रीय प्रसारण लाइन गाउँबस्तीसम्म पुग्यो अनि स्याउरेभूमे जस्तै ससाना लगानीमा बनेका सबै आयोजना बन्द हुनपुगे ।
“सरकारले लघु जलविद्युत् आयोजना टिकाउन कुनै विकल्प दिएन र स्थानीय समुदायले पनि केन्द्रीय लाइन आएपछि ती आयोजनालाई उपेक्षा गर्न थालेकाले आयोजनामा गरिएको करीब रु दुई करोड लगानी डुब्ने अवस्थामा पुग्यो ।” उक्त आयोजना सञ्चालक समिति अध्यक्ष सुदर्शन बुढाथोकीले पीडा सुनाउनुभयो ।उहाँले भन्नुभयो, “सरकारी अनुदानसहित समुदायको लगानीमा सञ्चालित आयोजनाले पुनर्जीवनको सम्भावना त्यतिबेला पायो जतिबेला नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठकले २०७१ साउन ४ गते १०० किलोवाट क्षमतासम्मका विद्युत् खरीद गर्ने कानूनी व्यवस्था संशोधन गर्दै न्यूनतम २० किलोवाटसम्म उत्पादन गर्ने विद्युत्समेत खरीद गर्ने निर्णय गर्यो अनिमात्र बन्द भएको उक्त आयोजना सञ्चालन गर्न सहज वातावरण सहज भयो ।”
केन्द्रीय प्रसारणलाइन विस्तारको प्रभावले बन्द भएको आयोजना सञ्चालनको तयारीमा रहँदै गर्दा फेरि अर्को बज्रपात भूकम्पले पुर्यायो । अधिकांश संरचनामा क्षति पुगे । विभिन्न प्रयास र सहजीकरणको प्रयासमा नेपाल सरकारअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपी०सँगको साझेदारीमा रु ३५ लाख सहयोग पाएपछि समुदायकै लगानीमा क्षतिग्रस्त आयोजना २०७४ पुस २७ मा पुनः सञ्चालनमा आउनुका साथै साविक २३ किलोवाट क्षमताको उक्त आयोजनाले २७ किलोवाटसम्म विद्युत् उत्पादन गर्न सक्षम भयो ।
“पुनर्जीवनसँगै यहाँबाट उत्पादन भएको विद्युत् सोही दिनदेखि नै सिधै केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि आयोजनाले पैसा कमाउन थाल्यो ।” अध्यक्ष बुढाथोकीले भन्नुभयो । २०७२ फागुन १६ गते प्राधिकरणसँग भएको विद्युत् खरीद बिक्री सम्झौता ९पिपिए० मा उत्पादन भएको विद्युत् सुक्खायामका चार महीना ९पुस, माघ, फागुन र चैत० मा प्रतियुनिट रू ८।४० र बर्खायाममा प्रतियुनिट रू ४।८० मा खरीद गर्ने गरी हस्ताक्षर गरिएको थियो ।“लघु जलविद्युत् आयोजनासँग विद्युत् किन्ने प्राधिकरणको यो पहिलो ऐतिहासिक निर्णय हो ।” अध्यक्ष बुढाथोकीले भन्नुभयो, “यही निर्णयका आधारमा स्याउरेभूमेले उत्पादन गरेको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने नेपालमै यो पहिलो लघु जलविद्युत् आयोजना बन्यो र लघु जलविद्युत्मा नयाँ आयाम शुरु भयो ।”
पुनःसञ्चालन भएपछि निरन्तर चल्दै आएको सो आयोजनाबाट अहिलेसम्म निरन्तर साविकभन्दा बढी क्षमताको विद्युत् उत्पादन गरी राज्यलाई बिजुली बिक्री हुँदै आएको छ । उक्त आयोजनाबाट हिउँदयाममा मासिक रु दुई लाखसम्म र बर्खायाममा रु ८० हजारको हाराहारीमा कमाइ भइरहेको छ । यहाँबाट उत्पादन भएको बिजुलीलाई प्राधिकरणले सिधै खरीद गरेपछि बजारको सहजता भएसँगै लगानी डुबेको समुदाय त्यो ऋण चुक्ता गरी कमाउन सक्ने हैसियतमा पुगेको छन् ।
यहाँको सिक्रे खोलामा बाँध बनाएर कुलोबाट ल्याएको पानीबाट विद्युत् उत्पादन गरी मासिक सरदर रु एक लाख आम्दानी हुँदै आएको छ । स–साना खोलाखोल्सीमा उत्पादन भएको पानी समुदायले नै थोरै लगानी गरी निरन्तर राम्रो कमाइ गर्नसक्ने हैसियत लघु जलविद्युत्ले बनाउने उदाहरणले यहाँ सञ्चालित एवं बन्द भएका अन्य एक दर्जनभन्दा बढी आयोजना पनि केन्द्रीय प्रसारणलाइनमा जोडिने भएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।साविकको जिविस हुँदा वैकल्पिक ऊर्जासम्बन्धी शाखा रहेको र त्यहाँबाट सहयोग पुग्ने कार्यक्रम थियो ।” उहाँले भन्नुभयो, “अहिले सरकारी सहयोगको अभावले त्यस्ता आयोजना बन्न नसके पनि स्थानीय सरकारसँग समन्वय गरी बनाउने प्रयास गरिरहेका छौँ ।”
November 1, 2018 11:46 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’