निर्मला पन्त बलात्कारपछि हत्या: शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन
कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ। महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।
लामो समयदेखि अनुसन्धानका क्रममा शङ्कास्पद देखिएका व्यक्तिको डिएनए परीक्षणका लागि रगतको नमूना सङ्कलन गरी पठाएका छौँ उनले भने, “नमूना सङ्कलन गरिएका व्यक्तिको पहिचान खोल्न अहिले मिल्दैन।” अन्य शङ्कास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उनले बताए। हत्याको घटनाको गहनरुपमा अनुसन्धानको कार्य अझै जारी रहेको उनको भनाइ छ। यसअघि प्रहरीले पाँच जनाको डिएनए परीक्षण गराइसकेको छ । डिएनए गरिएका पाँचै जनाको नमूनाको नतिजा नेगेटिभ आएको थियो। साउन १० गते साथि रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान उखु बारीमा शव फेला परेको थियो।
November 1, 2018 12:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’