विवाहका बारेमा सोनाक्षी सिन्हाले गरिन् खुलासा, बताइन् आफ्नो बलिउड क्रश
एजेन्सी, १५ कात्तिक । अहिले बलिउडमा विवाहको लहर चलेको छ । प्रियंका निक, दिपिका रणवीर, मलाइका अर्जुन यी सबै जोडीहरु चाँडै नै विवाह गर्दैछन् । यसै मौकामा दबंगकी अभिनेत्री सोनाक्षी सिन्हाले पनि आफ्नो विवाहबारे ठूलो खुलासा गरेकी छिन् । एक अन्तर्वार्तामा सोनाक्षीले यी कुराहरुको खुलासा गरेकी हुन् ।
अन्तर्वार्तामा सोनाक्षीले आफ्नो भावी श्रीमान्मा हुनुपर्ने गुणका बारेमा कुरा गरिन् । उनले भनिन्, ‘मेरो हुनुवाला श्रीमान्ले मलाई ठाउँ दियोस् बन्धनमा नराखोस् ।’ साथै सोनाक्षीले जोसँग पनि विवाह गर्दा हुने तर गलत कारणमा लागेर कहिल्यै विवाह गर्नु नहुने बताइन् ।साथै जब सोनाक्षीलाई बलिउडमा उनको क्रश को माथि रहेको भन्ने प्रश्नमा उनले बलिउडका सुपरहिरो ऋतिक रोशनको नाम लिइन् । उनले ऋतिकको फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिकमाथि आफू आकर्षित भएको बताइन् । त्यस समय सोनाक्षी १३ वर्षकी थिइन् भने ऋतिक २६ वर्षका थिए । यो फिल्म २००० मा रिलिज भएको थियो ।
हाल सोनाक्षी सिन्हा सिंगल छिन् तर सलमानका भाई सोहेल खानका साला बन्टी सचदेवासँग अफेयरको खबरलाई लिएर पनि उनी चर्चामा थिइन् तर लामो समयसम्मको रिलेशनशिप बावजूद पछि उनीहरुको ब्रेकअप भएको थियो ।सोनाक्षी सिन्हा चाँडै नै सलमानको अपकमिङ फिल्म ‘दबंग ३’ मा वरुण धवनसँग देखा पर्दैछिन् ।
November 1, 2018 4:11 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग