सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य
पशुपतिनगर, १६ कात्तिक । सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो ।
पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा सार्वजनिक यातायातमा अनिवार्य यात्रुलाई टिकट दिने कार्य शुरु भएको हो । सूर्योदय जिप तथा ट्याक्सी कम्पनी प्रालिको आयोजनामा बिहीबार सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यातायात व्यवसायीका प्रतिनिधिलाई टिकट बुक हस्तान्तरण गरे ।
उहाँले यात्रुलाई प्रदान गरिने टिकटमा ठाउँको समेत नाम राखेर भाडादर लेखिनुपर्नेमा जोड दिए । सरकारले इलामको फिक्कलबाट विर्तामोडसम्म रु १५०, इलामसम्म रु १५०, पशुपतिनगरसम्म रु ५०, कुटिडाँडासम्म रु ५०, श्रीअन्तुको भञ्ज्याङसम्म रु १२० र तीनघरेसम्म रु ५० भाडादर निर्धारण गरेकोे छ त्यस्तै फिक्कलबाट नयाँबजारसम्म रु १८०, गोर्खेसम्म रु १०० भाडादर तोकिएको छ ।
November 2, 2018 10:52 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’