नेपाली कांग्रेसको चियापान आज, १ लाखलाई निम्ता
काठमाडौँ। प्रमुख प्रतिपक्ष कांग्रेसले दसैं–तिहारलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान कार्यक्रम आयोजना गर्दै छ। कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख जनालाई निम्तो दिइएको पार्टीले जनाएको छ।
उपत्यकामा ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्ला सदरमुकाममा अपराह्न १ देखि साँझ ५ बजेसम्म चियापान चल्ने साे पार्टीले जनाएकाे छ।२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि पार्टीले हरेक वर्ष चियापान आयोजना गर्दै आएको छ।
कार्यक्रममा सहभागी हुन कांग्रेसले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उपप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकाय, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति–व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीलगायतलाई आमन्त्रण गरेको छ।
November 2, 2018 11:14 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’