गुल्मीमा शिक्षकले पढाइरहेको बेला बाहिर निस्केर ३ किशोरीले किन गरे विष सेवन, प्रेममा परेर बिष सेवन गरेको आशंका
गुल्मीको एउटा विद्यालयका तीनवटा छात्राले एकै साथ विष सेवन गरेर आत्महत्याको कोशिष गरेका छन् । रेसुङ्गा नगरपालिका ११ को सिमिचौरस्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्राहरुले विष सेवन गरेर आत्महत्याको कोशिष गरेका हुन् । बिष सेवन गर्ने छात्रहरु समिक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेका हुन् ।सुरुमा समिक्षाले पानीमा विष घोलेर खाइन् । उनले आधा खाएर राखेको सोही पानी अन्य दुई किशोरीले पनि खानेपानी हो भनेर खुवाएकी हुन् । उनले खाएर राखेको आधा पानी अन्य दुई किशोरीले खाएका हुन् । समिक्षाले माया प्रेमको चक्करमा परेर आत्महत्याको कोषिश गरेको आशंका गरिएको छ ।
समिक्षाले राखेको बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले समिक्षाको बिश्वास गरि पिउँदा उनीहरु अर्धचेत भई ढलेका थिए । तीवटै विद्यार्थीलाई अचेत अवस्थामा देखेपछि शिक्षकहरुले उपचारका लागि अस्पताल पठाएका थिए । उनीहरुको अहिले पाल्पामा उपचार भइरहेको छ । उनीहरु तीनैजनाको उमेर १६ बर्ष हो ।विद्यालय बन्द भएपनि एकजना शिक्षकले गणित विषय पढाउँदै थिए । सोही क्रममा उनीहरु पिसाव फेर्न जान्छौ भन्दै निस्किएको बेला उक्त घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।
November 2, 2018 11:22 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’