रहस्यमय घटना : बुहारी खोज्न गएकी सासु र बुहारी सहित ६ जना मृत फेला !
बुधबार साँझ बुहारी खोज्न भन्दै घरबाट निस्किएकी बैतडीको दोगडाकेदार गाउँपालिका ४ साउगाउँकी पार्वती भट्ट आज मृत फेला परेकी छिन् । ५२ बर्षीया भट्ट दशरथभन्द नगरपालिका वडा नम्बर ४ को झल्कोट जङगलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । भट्ट सारीको डोरीमा झुन्डीएको घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गरीले जानकारी दिए ।बुधबार साँझ बुहारी खोज्न घरबाट निस्केकी पार्वती बेपत्ता भएकी थिइन् पार्वतीको बुहारी ३० बर्षीया निर्मला भट्ट भने बिहिबार बिहानै झुन्डीएकै अवस्थामै मृत भेटिएकी थिइन् ।
बुधबार दिउँसो घरबाट घास काट्न निस्केकी निर्मला साँझ सम्म नफर्केपछि उनकी सासु खोज्न गएकी थिइन् । घटना रहस्यमय भएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।यता काठमाडौं, गुल्मी, बाग्लुङ र लम्जुङमा शनिबार ४ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका९१३ बाफलस्थित प्रतिक्षालयमा काठमाडौं बनस्थली बस्ने ४९ वर्षीय रवि परियार शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।गुल्मी धुर्कोट गाउँपालिका-७ वाग्ला घर भएका ६० वर्षीय बलबहादुर बिक इस्मा गाउँपालिका-६ स्थित बाटोको छेउमा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
बाग्लुङ निसीखोला गाउँपालिका-५ किनारे बस्ने ५५ वर्षीय मनबहादुर आचार्य सोही गाउँपालिकास्थित सेखाबगरको जंगलमा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।लम्जुङ दोर्दी गाउँपालिका-२ बस्ने २७ वर्षीय राजन गुरुङ सोही स्थानमा रहेको प्यार्दि खोलाको बगरमा शनिबार बिहान मृत अबस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यसैगरी गोलबजार नगरपालिका–७ पुरानो चोहर्वा बस्ने ४७ वर्षीय राजकुमार महतोको शुक्रबार दिउसो करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मसला पिस्ने मिलमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भुमिजा अस्पताल गोलबजार हुँदै थप उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता धादिङ र हुम्लामा शुक्रबार भएका छुट्टाछुट्टै आगलागीबाट करिब १ करोड ५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको छ । धादिङ गजुरी गाउँपालिका –१ गजुरी बजार बस्ने लक्ष्मण तामाङको खाजा घरमा शुक्रबार राति आगलागी हुँदा पसलभित्र रहेका सरसामान, लत्ताकपडा, भाडावर्तन र अन्य जिन्सी सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।हुम्ला सिमीकोट गाउँपालिका९१ दोजाम बस्ने संजय लामाको कच्ची घरमा शुक्रबार राति आगलागी हुँदा घर, लत्ताकपडा, भाडाबर्तन तथा अन्नपात समेत जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
November 4, 2018 11:53 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :