

यी १६ रोगको निवारणमा रुद्राक्षको महत्व, अरुलाई जानकारी गराउन शेयर गरौ !

आयुवेद विज्ञानमा रुद्राक्षलाई महाऔषधिको रुपमा लिइन्छ । रुद्राक्ष उष्ण तथा अम्लयुक्त हुने भएकोले वाथ तथा कफ रोग हटाउने गुण यसमा हुन्छ । यसमा भिटामिन ‘सि’ हुने हुँदा रगत बढाउन, सफा गर्न र रक्तविकार नासगर्न उपयोगी छ । रुद्राक्षमा रोग नासगर्ने शक्ति हन्छ । रुद्राक्ष आधाणमात्रैले पनि ज्वरो, उत्जेना, अनिन्द्रा ।रक्तचाप, मृगी (छाहारे रोग), स्वप्नदोस जस्ता विकारबाट मुक्ति मिल्छ । रुद्राक्षको धारणबाट दरिद्रता नास हुने जनविश्वास छ । उच्च रक्तचाप, भूतवाधा, शारिरिक दुर्वलता, पेटको रोग र छालाको रोगमा रुद्राक्ष रोग निवारण गर्ने काम गर्छ । रुद्राक्ष धारण र सेवन विषयमा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ ।योग वैद्य वा आयुर्वेद ज्ञाताको परामर्श लिएर रुद्राक्ष धारणा गर्नु बढी लाभलायी हुन्छ । विशेष गरी निम्न लिखित रोगको निवारणमा रुद्राक्षको प्रयोग गरिन्छ ।
मानसिक रोग : गाईको दुधमा चारमुखे रुद्राक्ष डुबाएर उक्त दुध दिनको दुई पटक सेवन गरेमा केही दिनमा मनमस्तिक शान्त हुन्छ र स्मरण शक्ति समेत बढाउन मद्दत गर्छ ।
स्मरणशक्ति बढाउन : चारमुखे अथवा ६ मुखे रुद्राक्ष पूजा गरी धारण गर्नाले स्मरणशक्ति बढ्छ ।
उच्च रक्तचाल : रुद्राक्ष मालाको धारणलेमात्र पनि रक्तचाप नियन्त्रणमा आउँछ । पाँचमुखे रुद्राक्ष र स्वर्णपाक्षिक भष्म बराबर मिलाएर महसँग खाने गरेमा केही दिनमै रक्तचाप नियन्त्रण हुन्छ ।
छालाको रोग : कालो गाईको सुख्खा गोवर र पाँचमुख रुद्राक्षको भष्म गंगा जलमा मिलाएर शरिरमा लगाउने गरेमा सबै छालाको रोग निको हुन्छ ।
पेटको रोग : हरेक दिन साँझको समयमा तामाको भाडामा पानी राखी पाँच ओटा रुद्राक्ष भिजाउने र भोलिपल्ट उक्त पानी पिउने । ४० दिन यो प्रक्रिया गर्दा पेटको प्राय सबै रोग निको हुन्छ ।
मुर्छा वा हिस्टेरिया : महिलामा मुर्छा र हिस्टेरिया हुने रोग छ भने छ मुखे रुद्राक्ष विधिपूर्वक पूजा गरेर धागोको सहायताले कम्मरमा बाधिदिनाले उक्त समस्या समाधान हुन्छ ।
अजिर्ण : दशमुखे रुद्राक्ष गोलमरिच बराबरमात्रामा साँझपख पानीमा पकाएर राख्ने र विहान खाली पेटमा उक्त पानी दुई गिलास पिउने गरेमा केही दिनमै अजिर्ण समाप्त हुन्छ ।
आगोले पोलेमा : तीनमुखे रुद्राक्ष घोटेर नरिवलको तेल तताई मनतातो लगाउने गरेमा पोलेको घाउमा आराम मिल्छ ।
ज्वरो : विधिपूर्वक पूजन गरेर तीनमुखे रुद्राक्ष धारण गर्नाले ज्वरो निको हुन्छ ।
काश रोग : दशमुखे रुद्राक्ष गाईको दुधमा घोटेर दिनको तीन पटक चाट्ने गरेका पुरानो काश रोग समेत निको हुन्छ ।
कम्मर दुखेमा : पाँच मुखे रुद्राक्षलाई ढुंगामा घोट्र बाख्राको दुधमा खाने गरेमा केही दिनमै कम्मर दुखने रोग ठिक हुन्छ ।
कपाल झरेमा : नौमुखे रुद्राक्षको भष्म अमलाको रसमा मिलाइ दिनको दुई पटक कपालको फेदमा लगाउने गरेमा दुई महिनाभित्रै कपाल कालो भएर आउँछ र झर्न समेत बन्द हुन्छ ।
भूतप्रेत वाधा हटाउन : विधिपूर्वक पूजा गरी दशमुखे रुद्राक्ष गला वा पाखुरामा धारण गर्नाले भूतप्रेत लाग्दैन ।
चिलाउने रोगमा : हलेदो, निमपत्ता र छमुखे रुद्राक्ष बराबर मिसाइ पानीमा भिजाउने र त्यसलाई पिसेर मालिस गर्नाले चिलाउने रोग निको हुन्छ ।
आँखा दुखेमा : पाँचमुखे रुद्राक्ष घोटेर आँखामा लगाउँदा आँखाको पीडा कम हन्छ ।
दरिद्रता नासगर्ने : सातमुखे रुद्राक्ष विधिपूर्वक पूजा गरी गला अथवा पाखुरामा धारण गरी प्रत्येक दिन महालक्ष्मी मन्त्रपाठ गर्नाले दरिद्रता नास हुन्छ ।
November 4, 2018 12:02 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

