काठमाडाैँकाे एक घरमा घरेलु फाेहाेरबाट उत्पादन हुने ‘होम बायोग्यास’ शुभारम्भ
काठमाडौँ – नेपालमा पहिलोपटक घरेलु फाेहाेरबाट उत्पादन हुने ‘होम बायोग्यास’को शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शङ्खमूलस्थित केशव घिमिरेको घरमा जडान गरिएको उक्त बायोग्यासको शुभारम्भ गर्दै महानगरमा बढिरहेको फोहरलाई व्यवस्थापन गरी ग्यास उत्पादन गर्न यसले सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो ।‘महानगरपालिकाले उपत्यकाका फोहरबाट ग्यास उत्पादन गर्ने गृहकार्यमा लागेको छ,’ उहाँले भन्नुभयो, ‘कुहिएका फोहर फाल्नुको सट्टा घरमै ग्यास उत्पादन हुने र बाहिरबाट ग्यास किन्नु नपर्ने हुन्छ, त्यसैले यस्तो प्रविधि प्रयोग गर्नका लागि महानगरपालिकाले प्रोत्साहन गर्नेछ ।’वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले होम बायोग्यास प्रणालीबाट फोहर फाल्न र उठाउनजस्ता समस्या समाधान हुने र खाना पकाउनका लागि ग्याससमेत उत्पादन हुने बताउनुभयो ।
के हाे हाेम बायाेग्यास ? : एडन इञ्जीनियरिङ सोलुसन प्रालि तथा शङ्खमूल बृहत् सरसफाइ अभियानले घरमा उत्पादन हुने कुहिने फोहरबाट खाना पकाउने मिथेन ग्यास उत्पादन गर्ने बायोग्यास प्रणाली इजरायलबाट भित्र्याएका हुन् । करीब रु ९० हजार पर्ने उक्त होम बायोग्यासलाई घरकाे छतमा सजिलै राख्न सकिन्छ ।
घरबाट निस्किएका खाना, तरकारीको फोहर उक्त बायोग्यासमा हालिन्छ र यसबाट उत्पादन हुने ग्यासले दैनिकरुपमा खाना पकाउन सकिने एडन सोलुसन प्रालिका प्रभात भट्टराईले बताउनुभयो । उक्त बायोग्यास छतमा २० डिग्रीभन्दा बढी तापक्रममा राख्नुपर्दछ । जति धेरै तापक्रम भयो, फोहरबाट त्यती नै बढी ग्यास उत्पादन हुने उहाँले बताउनुभयो ।
दैनिक तीन किलो फोहर उक्त प्लान्टमा हाल्नाले तीन घण्टासम्म ग्यास आउने उहाँको भनाइ छ । पोलिइथाइलिन भन्ने पदार्थबाट बनेको उक्त बायोग्यासको आयु १० वर्षको हुने जनाएको छ । फोहरबाट उत्पादन हुने ग्यास भान्सामा पाइपका माध्यमबाट चुलोमा जोडिन्छ र खाना पकाइन्छ ।
November 4, 2018 12:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’