म्युजिक भिडियोका चर्चित मोडल यशराज अब नयाँ चलचित्रमा
म्युजिक भिडियोमा एक समय राज गरेका मोडल हुन् यशराज गराच । उनले म्युजिक भिडियोसँगै झण्डै आधा दर्जन चलचित्रमासमेत काम गरिसकेका छन् उनै यसराज लामो समय पछि चलचित्र नगरीमा फर्किएका छन् ।
उनी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । दार्जलिङ बासोवास गर्दै आएका भास्कर प्रधानको निर्देशनमा बन्न लागेको चलचित्र ‘लभ यू हमेशा’मा अनुबन्ध भएका हुन् । म्युजिक भिडियोमा राम्रै सफलता हात पारे पनि यस अघि उनले अभिनय गरेका चलचित्रहरुले सामान्य व्यापार गरेका छन् ।
निर्देशक भास्कर प्रधानले दार्जलिङमा चलचित्र निर्माण गर्दे आएका छन् । प्रधानको पनि नेपाली चलचित्रमा भने डेब्यू नै हो । चलचित्रको छायांकन दार्जलिङका साथै नेपालका विभिन्न स्थानमा गरिने बताइएको छ ।
चलचित्र ‘लभ यू हमेशा’को छयांकन शिव ढकालले गर्ने बताइएको छ । चलचित्रका निम्ति अन्यकलाकारहरुको खोजि भइरहेको बुझिएको छ । केही नेपाली र केहि दार्जलिङकै कलाकारहरुलाई अनुबन्ध गर्ने तयारी भइरहेको छ । यस अघि यशराजले ‘उफ यो मन’ नामक चलचित्रमा काम गरेका थिए । चलचित्र ‘मायाको बारीमा’ काम गरे पछि यशराज दर्शकमाझ परिचित भएका थिए ।
November 4, 2018 12:11 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग