संस्थानको चामल बिक्री हुन सकेन
धनगढी। खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन। खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो। सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्यालयका कर्मचारी परे रावलले जानकारी दिए। “बजारमा सस्तोमा चामल पाउँदा संस्थानको चामल बिक्री हुन सकेको छैन,” उनले भने। बजारमा मोटो चामल प्रतिकिलो रु ३८ मा बिक्री भइरहेको छ भने संस्थानले रु ३९ तोकेको छ। संस्थानले सोना मन्सुली चामल प्रतिकिलो रु ४८ तथा जिरा मसिनो चामल रु ६२ बिक्री गरिरहेको छ।
बङ्गलादेशी चामल बिक्री भएन
विसं २०७२ मा गएको भूकम्पपछि पीडितको सहयोगका लागि भन्दै बङ्गलादेश सरकारले नेपाललाई उपलब्ध गराएको बङ्गलादेशी उसिना चामल बिक्री हुन सकेको छैन। झापाको बिर्तामोडस्थित खाद्य संस्थानको कार्यालयबाट उक्त चामल धनगढीको खाद्य संस्थान हुँदै बाजुरामा आपूर्ति गरिएको थियो। बिक्री हुन नसक्दा कोल्टी डिपोमा सो चामल एक हजार क्विन्टल मौज्दात रहेको डिपोका प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए। “बङ्गलादेशी चामल बिक्री हुन नसक्दा तीन वर्षमा तीन पटक बिक्री मूल्य घटाउनु परेको छ,” उनले भने। शुरुआतमा उक्त चामलको मूल्य प्रतिकिलो रु ४१, त्यसपछि रु ३९ तोकिएकामा हाल बिक्री मूल्य रु ३२ तोकिएको छ।
यसैबीच नेपाल खाद्य संस्थान धनगढीले यस वर्ष नयाँ धान खरीदको व्यवस्था नगर्दा धानको उचित मूल्य पाउन नसकेको किसानले गुनासो गरेका छन् । संस्थानले धान खरीदको व्यवस्था गर्न सक्दा व्यापारीको मूल्यमा एकाधिकार रहेका कारण समस्यामा परेको किसानले बताएका छन्। खाद्य संस्थान धनगढी कार्यालयका प्रमुख प्रेमनारायण भण्डारीले नयाँ धान खरीदको व्यवस्था यथाशीघ्र गर्नका लागि संस्थानको केन्द्रीय कार्यालयसँग निरन्तर समन्वय भइरहेको बताए। रासस
November 4, 2018 12:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’