शारुखको खुलासा : “जीरो”मा पहिलो रोजाई सलमान खान थिए !
काठमाण्डौ । बहुप्रतिक्षित चलचित्र ‘जीरो’ को ट्रेलर हिजो रिलिज भएको छ । सुपरस्टार शाहरुख खानको ५३ औं जन्मदिनमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । यसमा उनीसँगै अभिनेत्री कटरीना कैफ र अनुष्का शर्मा पनि प्रमुख भूमिकामा छन् ।
यस फिल्ममा सुपरस्टार सलमान खान केमियो रोलमा छन् ।‘जीरो’ का लागि पहिलो अप्रोच सलमानलाई गरिएको थियो । शाहरुख स्वयमले यो कुराको खुलासा ट्रेलर रिलिज कार्यक्रममा गरे । सारुखले भने, ‘सलमान ‘जीरो’ को हिस्सा बन्न चाहेका थिए किनकी पहिला बउआ सिंहको रोल उनलाई अफर गरिएको थियो । तर, केही कारणले सलमानले फिल्म गर्न सकेन ।’
सलमानलाई स्टोरी निकै मन परेपनि काम विशेषले गर्न नपाएको सारुखले बताए । उनी भन्छन् – ‘कथा निकै मन परेका कारण उनी कुनै न कुनै तरिकाबाट यसको हिस्सा बन्न चाहन्थे ।’ शाहरुखले फेरि भने, ‘फेरि सलमानले मलाई फोन गरेर भन्यो कि एक फिल्म छ त गर ।’ सलमान पनि आफ्नो खास साथीको फिल्मको प्रमोट गर्न कुनै कसुर बाँकी राख्दैनन् । फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ ।
November 4, 2018 1:17 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग