Monday 21st July 2025

नियम उल्लघन गरेको भन्दै सन्दीप लामिछानेलाई कारबाही

7 years अगाडी

काठमाडौँ, १९ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लघन गरेको भन्दै कारबाही गरेको छन् ।

आयोजकले कारबाही स्वरूप सन्दीपको एक अंक घटाएको जनाएको छ । शनिबार समूह चरणको अन्तिम खेलमा चितवन राइनोजविरुद्ध सन्दीपले रेफ्रिको निर्णयमा प्रश्न उठाएका थिए ।

पटक पटक रेफ्री विनय झा र सञ्जय सिग्देलसँग आपत्ति जनाएको भन्दै उनी कारबाहीमा परेका हुन् ।खेलको दौरान सन्दीपले अम्पायरको निर्णयमा आपत्ति र दुव्यबहार जनक व्यवहार गरेपछि समर्थकहरुले समेत सन्दीपलाई घमण्डी भनेर नारा लगाएका थिए । चितवनसँग ४ विकेटले पराजित हुँदै विराटनगर समूहचरणबाट बाहिरिएको छ ।

          November 5, 2018 10:56 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...