अनलाइनमार्फत श्रम स्वीकृत लिनसमेत घण्टौँ लाइन
काठमाडौं। वैदेशिक रोजगारकालागि जाने नेपाली कामदारले श्रम स्वीकृतिकालागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति अनलाईन प्रणालीमार्फत नै गर्ने व्यबस्था गरिसकेको छ। तर केही दिनयता अनलाइन प्रणालीमार्फत श्रम स्वीकृत लिन समेत वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राही घण्टैँँ लाइन बस्नुपर्ने समस्या बल्झिएको छ।दशैँ मनाउन वैदेशिक रोजगारबाट नेपाल फर्किएका कामदार र नजिकिएको तिहार तथा छठ मनाउन परदेशबाट फर्किएका कामदार प्रायः श्रम स्वीकृतिकालागि एकैचोटी विभागमा आउने गरेकोले विभागमा पूर्व, अन्तिम तथा पुनः श्रम स्वीकृति लिने सेवाग्राहीको चाप अत्याधिक बढेको विभागले जनाएको छ।
वैदेशिक रोजगार विभाग ताहचलका कार्यालय प्रमुख युवराज खतिवडाका अनुसार वैदेशिक रोजगार विभागमा दशैँ मनाएर विदेश फर्किने नेपाली कामदार र तिहार तथा छठ मनाउन आउँदै गरेका कामदार एकै चोटी परेकोले विभागमा अत्याधिक चाप बढेपछि केही समय लाइन बस्नुपर्ने भएको हो।कार्यलय प्रमुख खतिवडाले भने–तिहार तथा छठ लगत्तै वैदेशिक रोजगारकालागि फर्किने नेपाली कामदारले फर्किनु भन्दा एकदुई दिन अगाडि श्रम स्वीकृत गराउन फेरि विभाग धाउनु भन्दा विदेशबाट आए लगत्तै श्रम स्वीकृत गराइ राखेर तिहार तथा छठ ढुक्कले मनाउन गाउँघर फर्कने हुँदा यो समयमा सेवाग्राहीको चाप बढ्ने गर्छ।’
विभागमा अरु समयको भन्दा अत्याधिक चाप बढेसँगै गत शनिबार समेत विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री)को काम गरेको थियो। विभागमा यो समयमा पूर्व तथा अन्तिम श्रम स्वीकृति भन्दापनि पुनः श्रम स्वीकृति (रिइन्ट्री) को लागि आउने सेवाग्राहीको संख्या बढेसँगै विभागले शनिबारपनि सेवाग्राहीको सहजताकालागि काम गरेको जनाएको छ।
विभागले दिँदै आएको अनलाइन प्रणालीमार्फत श्रम स्वीकृतिको सेवामा पहिले भन्दा निकै सहज भएतापनि यस समयमा सेवाग्राहीको चाप अत्याधिक भएकै कारण घण्टौँ लाइन बस्नुपर्ने अबस्था दोहोरिएको हो। तिहार र छठ लगतै लाइन बस्नुपर्ने समस्या नहुने विभागका प्रमुख खतिवडाले जानकारी दिए।विभागम ाश्रम स्वीकृतिकालागि आउने सेवाग्राहीको सहजताकालागि टोकन सिस्टमबाट सेवा सुरु गर्दै आएको छ। टोकन सिस्टममा पनि अनियमितता भएको बताउँछन् विभागमा श्रम स्वीकृतिकालागि टोकन लिएर लाइनमा बस्नेहरु नै। विभागमा भेटिएका कतारकालागि पुन श्रम स्वीकृतिलिन आएका चन्द्र खड्काले भने, ‘टोकन सिस्टममै अनियमितता छ, टोकन सिस्टममा २ सय ७३ नम्बर पुगिसक्दापनि लाइनमा मान्छे २ सय ६० जनामात्रै छन्। प्रहरीलाई सोध्यो त्यो त्यत्तिकै दबाएर नम्बर गएको भन्छन्।’
‘हामीलाई थाहा हुँदैन? यो टोकन सिस्टमापनि चलखेल भइरहेको छ, टोकन नम्बर कटाएर चिनजानका मान्छेले अगाडि नै सेवा लिने रहेछन्। टोकन लिएर हामी दिनभर लाइन बस्नुपर्ने अनि विभागको प्रशासन पनि सिस्टम अनुसार चल्नुप¥यो नी’, उनले भने।विभागमा सेवाग्राहीको चाप बढेसँगै श्रम स्वीकृतिको काम दिनभर पनि लाग्न सक्नेजस्तो समस्या भएको विभागमा श्रम स्वीकृतिको लागि लाइनमा बसिरहेकाहरुले नै बताए। छठ मनाउन छुट्टी मिलाएर कतारबाट फर्किएका मोरङका राजकुमार महतो विहानै ७ बजेदेखि पुन श्रम स्वीकृतिकालागि मध्यान्ह १२ बजेसम्म लाइनमै थिए।
तिहार मनाउन दुवईबाट नेपाल आएका बुटवलका विनोद पौडेलले लाइनमा धेरै समयदेखि बस्नु परेको बताए। विभागमा अरु समान्य समयमा भन्दा श्रम स्वीकृति लिनेको संख्या अत्याधिक बढेको विभागले बताएको छ। अनलाइन प्रणालीमार्फत भएकोले विगतका वर्षहरु जस्तो सेवाग्राही दुई–तीन दिन विभाग धाउनु पर्ने समस्या समेत हटेको दाबी गरेको छ। विभागका अनुसार यो समयमा एक दिनमै १५ सय देखि २ हजारसम्म नेपाली कामदारले श्रम स्वीकृति लिने गरेका छन्।
November 5, 2018 11:17 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’