Monday 23rd March 2026

वडावासीको आर्थिक सहयोगमा प्रहरी बिटलाई मोटरसाइकल

7 years अगाडी

भद्रपुर । भद्रपुुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ। वडाको सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई रु दुई लाख २५ हजार मूल्य बराबरको मोटरसाइकल उपलब्ध गराएको हो। भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकाले नगरवासीलाई सुरक्षाको प्रत्याभूति गराउने गरी गार्मेन्ट चोकमा डेढ महीनाअघि प्रहरी बिट राखिएको थियो।

नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले आइतबार वडामा एक कार्यक्रमको आयोजना गरी मोटरसाइकलको साँचो जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरे। सो प्रहरी बिटमा दुई जना प्रहरी २४ सैँ घण्टा रहने गरेको प्रहरी उपरीक्षक ढकालले कार्यक्रममा जानकारी दिँदै मोटरसाइकलका लागि आवश्यक इन्धनको व्यवस्था जिप्रकाले गर्ने बताए। मोटरसाइकल खरीद गर्न सबै रकम वडावासीबाट सङ्कलन गरिएको वडाध्यक्ष विनोद पोखरेलले बताए।

          November 5, 2018 11:56 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...