आइपिएलः वीरेन्द्र सहबाग पंजाबको कोचबाट बाहिरिए, को बने नयाँ कोच ?
एजेन्सी। भारतीय टिमका पूर्व ओपनर विष्फोटक ब्याट्सम्यान वीरेन्द्र सहवागले आइपिएल टिम किंग्स इलेभेन पंजाबको साथ छोडेका छन् । अघिल्लो सिजन पंजाबका ब्याटिङ कोच रहेका सहवागले ट्वीट गर्दै आफू टिमबाट बाहिरिएको जानकारी दिएका हुन् । पंजाबले हालै आफ्ना हेडकोच बस्ट्रेलियाका ब्राड हजलाई हटाएर न्यूजिल्याण्डका पूर्व कोच काइकल हेसलाई नियुक्त गरेको थियो ।
यसपछि नै अनुमान गरिएको थियो कि सहवागले टिम छाड्नेछन् । सहवाग तीन वर्षदेखि टिमसँग जोडिएका थिए । वन डे करियरमा आठ हजारभन्दा धेरै रन बनाएका सहवागले ट्वीटमा लेखेका छन् ‘हरेक राम्रो कुरा कुनै न कुनै दिन अन्त्य हुन्छ । मैले किंग्स इलेभेन पंजाबका साथ राम्रो समय बिताएँ । दुई सिजन खेलाडी ३ सिजन कोचका रुपमा । मेरो किंग्स इलेभेन पंजाबसँग करार समाप्त भइसकेको छ । मैले जो समय यहाँ बिताएँ त्यसको लागि आभारी छु र टिमलाई भविष्यको लागि शुभकामना दिन्छु ।’
November 5, 2018 11:58 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :