Monday 25th August 2025

धनतेरसको साँझ आज यी चिज किनमेलले फलिफाप : धनका देवता कुबेर खुशी

7 years अगाडी

काठमाडौ । हरेक वर्ष कात्तिक कृष्ण पक्ष त्रयोदशीको तिथिका दिन अर्थात धनवन्तरी त्रयोदशीका दिन काग तिहार मनाउने गरिन्छ । काग तिहारको दिनलाई धनतेरस पनि भन्ने प्रचलन छ । यो दिनलाई धनका देवता कुबेरको जन्मदिन र आयुर्वेदका प्रवद्र्धक धनवन्तरी दिवस पनि हो । यस दिन नयाँ भाँडा तथा सरसामान जोडेमा घरमा सधै समद्धि प्राप्त हुने तथा लक्षिण लाग्ने धार्मिक मान्यता रहि आएको छ । सो कारण अधिकांश नेपालीले आफ्नो गक्ष अनुसार नयाँ भाँडा तथा सुनचाँदी हिरा खरिद गर्ने प्रचलन मौलाउँदै गएको छ । तिहारको अवसर पारेर खरिद गरेको सुनचाँदी तथा अन्य धातुका सामान टिकाउ हुनुका साथै थप सम्पत्ति आर्जन हुने विश्वास गरिने नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले बताए ।‘विशेष गरेर तिहारको पहिलो दिन काग तिहास तथा धनतेरसका दिन चाँदी किनेर लक्ष्मी पूजाको दिन माता लक्ष्मीलाई चढाउने प्रचलन छ,’ शाक्यले भने ‘उपभोक्ताहरूले आफ्नो क्षमता अनुसार सुन, चाँदी, हिरा तथा अन्य धातुका सामानहरू घरमा भित्र्याउने गर्छन ।’ सामान्य समयमा भन्दा तिहारको पाँच दिन चाँदीको व्यापार अत्यधिक हुने गर्छ । हाल दैनिक दुई सय किलोदेखि दुई सय ५० किलो चाँदी खपत हुँदै आएको छ ।

तिहारको एक साताअघिदेखिनै चाँदीको व्यापार डब्बलभन्दा बढीले वृद्धि हुने गर्छ । तर, यस वर्ष सुनको भाउ बढेकाले सुन मह्गो हुँदा चाँदी किन्ने ग्राहक समेत नभएको वरिष्ठ अध्यक्ष शाक्यले बताए । ‘बजार सामान्य अवस्थामा छ’, उनले भने ‘व्यवसायीहरूले तिहार आएको महसुस नै गर्न पाएका छैनन् । यस वर्ष शनिबारसम्म खासै चाँदीको व्यापार नबढेको देख्दा उपभोक्ताको उत्सवको उत्साह नदेखिएको उनले बताए । यस विशेष गरी काग तिहारको दिन चाँदी तथा यसबाट निर्मित सर–सामान किन्नाले फलिफाप हुने धार्मिक मान्यता रहि आएको छ । धनकी देवी महालक्ष्मीलाई सेतो वस्तुहरू मन पर्ने भएकोले तिहारमा विशेष गरि महालक्ष्मीलाई खुशी पार्न चाँदी किन्ने प्रचलन रहेको हो । हिन्दु धर्ममा यमपञ्चक ९तिहार०मा धातु चढाउने पुरानो मान्यता छ ।आफ्नो क्षमता अनुसार उच्च वर्गले सुनको असर्फीनै लक्ष्मीमातालाई चढाउँछन् भने मध्यम तथा निम्न मध्यम वर्गीय परिवारले चाँदी तथा चाँदीबाट बनेका सामान चढाउने गरेको पाइन्छ । ‘धनतेरस’ मा चाँदी किनेर लक्ष्मीमातालाई चढाउँदा दिन दुई गुणा चार चौगुणा धन सम्पत्ति बढ्ने जनविश्वास छ । रिद्धि सिद्धि ज्वेलर्सका संचालक नरेन्द्रकुमार गुप्ताले पछिल्लो समय धनतेरसको दिन सुनचाँदीका गरगहनामात्रै नभएर हिराको गहनामा पनि उपभोक्तको आकर्षण बढेको बताए । ‘ मातालक्ष्मीको पूजालाईमात्र नभएर पछिल्लो वर्षमा धनतेसर तथा अक्ष्या तृतीयाको दिनमा विवाहको लागि गरगहना किन्ने प्रचलन बढ्दै आएको बताए । यी दिनमा गरगहना किन्दा परिवारिक मान्यत समेत राम्रो जनविश्वास रही आएको छ ।

काग तिहारको दिन चाँदीका सामग्री किन्नाले विशेष फलिफाप हुने जनविश्वास भारतीय टेलिभिजनहरूले प्रसारण गरेपछि नेपालीमा पनि सो दिन चाँदीका सामान किन्नेको आकर्षण बढ्दै गएको सुनचाँदी व्यवसायीहरू बताउँछन् । यमपञ्चकका अन्य दिन सुन तथा अन्य धातुबाट निर्मित सामन किने पनि यस दिन भने चाँदीनै किन्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ । ‘पञ्चकमा धातुका सामान किन्ने नेपालीको पनि पहिलेदेखि परम्परा थियो,’ शाक्यले भने, ‘पछिल्ला वर्षमा धातुमा पनि सुन र चाँदीमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।’ तिहारमा विशेषगरी चाँदीको दियो, पूजाको थाली, घण्टा, करुवा, आरती, सुकुन्दा, चाँदीको लक्ष्मी–गणेशको मूर्ति कुँदिएका असर्फी र लक्ष्मी तथा लक्ष्मीनारायण र गणेशको मूर्तिलगायतका सामान बढी विक्री हुने गरेका उनले बताए ।
तिहारको यस्तै प्रचलन र परम्पराले गर्दा घरेलु उद्योगका रूपमा स्थापित भाँडाकँुडा व्यापार व्यवसायको समेत यो अवसरमा उल्लेख्य कारोबार हुने गरेको छ धेरैजसोले यो दिनको अवसर पारेर तामा, पित्तलजस्ता धातुका सानो करुवा, गिलास, थाल, खड्कुलोजस्ता सामग्री खरिद गर्ने गरेकाले घरेलु उद्योगको रूपमा स्थापित भाँडाकँुडा व्यापार व्यवसायको कारोबार उल्लेख्य हुने गरेको हो ।

सामान्य समयको तुलनामा तिहारमा चाँदीका सामानको विक्री तीन गुणाले बढी हुने गरेको छ । अन्य समयमा दैनिक साढे दुई सय किलो चाँदी विक्री हुने गरेकोमा तिहारको कागतिहारको दिनमा चाँदीको विक्री उल्लेख्य रूपमा हुने गरेको शाक्यले बताए । ‘उक्त दिन सुनको व्यापार त्यति हुँदैन,’ उनले भने, ‘सबै ग्राहकले चाँदीका सामान मात्र किन्छन् ।’अघिल्ला वर्षहरूमा चाँदीमा क्याडियम नामक धातु मिसावट हुँदा व्यापारमा केही असर परे पनि पछि यसमा सुधार आएपछि भने व्यवसायी सजग भएर उपभोक्तालाई गुणस्तरीय सामान दिने अभियानमा लागेको महासंघले बताएको छ । ‘गुणस्तरीय सामान मात्र विक्रीवितरण गर्न महासंघले आफ्ना सदस्यहरूलाई सावधान नै गराएको छ,’ शाक्यले भने । चाँदीमा तोलाको करीब ४५ रुपैयाँ पर्ने क्याडियम मिसावट पूर्ण रूपले निर्मूल नभए पनि विकृतिमा भने सुधार आएको उनले बताए ।

कुच्चो : उक्त दिन घरमा नयाँ झाडुले कसैलाई थाहा नहुने गरि ल्याएर सफा गरेमा लक्ष्मीको अनुग्रह मिल्नेछ । शान्त घर, सफा र उज्यालो मन पन पर्ने भएकाले लक्ष्मीले घरमा बास गर्ने छिन् ।

नुन : काग तिहारको दिन नुन खरिद गरिएको नुन प्रयोग गर्नाले स्वास्थ्यमा राम्रो हुने मान्यता रहेको छ । नुन खरिद गर्दा कसैलाई नदेखाएमा अझ राम्रो हुनेछ ।

          November 5, 2018 12:12 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...