हलिउडमा प्रवेश गरेपछि बिग्रियो प्रियंका चोपडाको ड्रेसिङ सेन्स
एजेन्सी, कात्तिक । बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय आफ्नो विवाहको कारण निकै चर्चामा छिन् । यस बाहेक हाल उनी आफ्नो ड्रेसिङ सेन्सको कारणले पनि चर्चामा आएकी छिन् ।वास्तवमा बलिउडबाट हलिउडमा प्रवेश गरेपछि प्रियंकाको ड्रेसिङ सेन्समा ठूलो परिवर्तन आएको छ । उनको यो ड्रेसिङ प्याटर्नलाई कसैले मनपराएका छन् भने धेरैले उनको ड्रेसिङ प्याटर्न बिग्रिएको मान्दछन् ।
हालै मात्र प्रियंकाको एउटा तस्बिर सार्वजनिक भएको छ जसमा उनी गेरु रंगको स्वेटर र रातो रंगमा देखिएकी छिन् । त्यस तस्बिरमा उनको लुक्स निकै क्लासिकल छ । त्यस पहिरनमा उनले रातो रंगकै बूट लगाएकी छिन् । त्यसमा उनले लाइट मेकअप र हेयरस्टाइल सामान्य बनाएकी छिन् ।प्रियंकको त्यस स्कर्टको मूल्य त एक लाख २७ हजार ५०९ भारतीय रुपैयाँ रहेको छ । यस अघि प्रियंका आफ्नो ब्राइडल शावर लुकको लागि पनि निकै चर्चामा आएकी थिइन् । उनले गोद भराईको पार्टीको समयमा चार लाख ३९ हजार ५८३ को गाउन लगाएकी थिइन् ।त्यसबाहेक ५३ हजार १६० को स्यान्डल र ७३ हजारको क्लच बोकेकी थिइन् । साथै उनले १० करोडको टिफानी एण्ड कोको डायमण्ड ज्वैलरी पनि लगाएकी थिइन् ।
November 6, 2018 11:37 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी