हलिउडमा प्रवेश गरेपछि बिग्रियो प्रियंका चोपडाको ड्रेसिङ सेन्स
एजेन्सी, कात्तिक । बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय आफ्नो विवाहको कारण निकै चर्चामा छिन् । यस बाहेक हाल उनी आफ्नो ड्रेसिङ सेन्सको कारणले पनि चर्चामा आएकी छिन् ।वास्तवमा बलिउडबाट हलिउडमा प्रवेश गरेपछि प्रियंकाको ड्रेसिङ सेन्समा ठूलो परिवर्तन आएको छ । उनको यो ड्रेसिङ प्याटर्नलाई कसैले मनपराएका छन् भने धेरैले उनको ड्रेसिङ प्याटर्न बिग्रिएको मान्दछन् ।
हालै मात्र प्रियंकाको एउटा तस्बिर सार्वजनिक भएको छ जसमा उनी गेरु रंगको स्वेटर र रातो रंगमा देखिएकी छिन् । त्यस तस्बिरमा उनको लुक्स निकै क्लासिकल छ । त्यस पहिरनमा उनले रातो रंगकै बूट लगाएकी छिन् । त्यसमा उनले लाइट मेकअप र हेयरस्टाइल सामान्य बनाएकी छिन् ।प्रियंकको त्यस स्कर्टको मूल्य त एक लाख २७ हजार ५०९ भारतीय रुपैयाँ रहेको छ । यस अघि प्रियंका आफ्नो ब्राइडल शावर लुकको लागि पनि निकै चर्चामा आएकी थिइन् । उनले गोद भराईको पार्टीको समयमा चार लाख ३९ हजार ५८३ को गाउन लगाएकी थिइन् ।त्यसबाहेक ५३ हजार १६० को स्यान्डल र ७३ हजारको क्लच बोकेकी थिइन् । साथै उनले १० करोडको टिफानी एण्ड कोको डायमण्ड ज्वैलरी पनि लगाएकी थिइन् ।
November 6, 2018 11:37 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग