अति बिपन्न परिवारलाई बाख्रा तथा खोर बितरण
नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ८ फटकि र बालुवा टोलमा सोमबार अति बिपन्न परिवारलाई बाख्रा तथा खोर बितरण कार्यक्रम सम्पन्न भएको छ।प्रतापपुर गाउँपालिका वडा नं ८ का अति बिपन्न परिवारका लागि बाढी प्रभावित घरधुरीहरुको परिवारलाई ब्यवसायमुखि र आत्मनिर्भर बनाउने उद्देश्यले फटकिटोल र बालुवाटोलका १७ वटा घर परिवारलाई २ वटाको दरले बाख्रा र २२ ओटा घर परिवारलाई १ वटाको दरले खोर र १ वटा बोका बितरण कार्यक्रम सम्पन्न भएको हो।
बाख्रा र खोर बितरण फटकिटोल र बालुवाटोलमा खोर ७५ घर परिवारलाई र २ वटाको दरले ७५ घर परिवारलाई बाख्रा बितरण गरिने बिकल्प सफल परियोजना कि अध्यक्ष कबिता ज्ञवालीले जानकारी दिए।सो बाख्रा तथा खोर बितरण कार्यक्रमबाट खासगरी लक्षित समुदाय जस्तै बाढी प्रकोपबाट प्रभावित घरदुरी, आर्थीक अवस्था कमजोर भएका, अपाङ,बालबालिका,एकल महिला बृद्धबृद्धा र गाँस, बास र कपासको समेत समस्या रहेको अति बिपन्न बस्तीमा ब्यवसायमुखि र आय आर्जन तथा आत्मनिर्भर कार्यमा टेवा पुग्ने स्थानियहरुले बताएका छन्।
गत साउन महिनामा गएको ठुलो बाढीबाट भएको क्षतिमा त्यहाँका ब्यक्तिहरुले निकै सास्ती भोगेकोले युनाइटेड मिसन टु नेपालको सहयोगमा बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुनःलाभ कार्यक्रम अन्तर्गत सफल परियोजनाबाट त्यहाका ब्यक्तिहरुको जिवनस्तर उकास्न र आत्मनिर्भर बनाउनको लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।बाख्रा तथा खोर बितरण कार्यक्रम बिकल्पकि अध्यक्ष कबिता ज्ञवालीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा गाउँपालिका उपप्रमुख अन्जु कुमारी चौधरी, प्रमुख प्रसासकिय अधिकृत बोधराज बस्याल, वडा अध्यक्ष कादिर अलि अन्सारी, चन्द्रुमाया पंजालि,बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुनस्लाभ कार्यक्रम अन्तर्गत सफल परियोजना अधिकृत चेतनराण चौधरी , रामनगिना गुप्ता, सपना खडका,पत्रकार तथा स्थानीय बासिन्दा लगायतहरुको उपस्थिति रहेको थियो।
November 6, 2018 11:40 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :