प्रचण्डको सवारी अगाडि बाईक चलाउँदा यी सर्वसाधारणलाई १५ सय जरिवाना
इटहरी । कोसी अञ्चल अस्पतालमा रहेकी बिरामी ठुली आमालाई खाना लिएर हिँडेका एक युवकको लाइसेन्स प्रहरीले खोसेको छ । ट्राफिक नियम पालना नगरेकाले लाइसेन्स खोसिनु स्वभाविक थियो । तर इटहरीका सरोज कार्कीको हकमा भने ट्राफिक प्रहरीले फरक कारण देखायो । बिरामी ठुली आमाका लागि खाना लिएर अस्पतालतर्फ जाँदै गरेका सरोजमाथि प्रहरीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी अगाडि मोटरसाइकल चलाएको आरोप लगायो
सोमबार बिहान पौने ११ बजेको समयमा विराटनगरस्थित भाटभटेनी सुपर स्टोर अगाडि पुगेको समयमा प्रहरीले सरोजलाई रोकेनन् मात्रै को १९ प ७३५५ नम्बरको मोटरसाइकलमा सवार उनको लाइसेन्स नै खोसिदिए । सरोजलाई कोसी अञ्चल अस्पतालको बेड नम्बर १२८ मा उपचाररत ठुली आमालाई खाना पुर्याउने हतार भएका बेला सुरक्षाकर्मीले नेकपा अध्यक्ष दाहाल आएकले उनको अगाडि मोटरसाइकल गुडाउन नमिल्ने भन्दै रोकिदिए ।
सुरक्षाकर्मीले रोकेपछि कार्कीले आफूलाई अस्पतालमा रहेकी ठुली आमालाई खाना पु¥याउन हतार भएको बताएका थिए । उनले अस्पतालमा खाना लिएर हिँडेकोले आफूकबाट अध्यक्ष दाहाललाई कुनै खतरा नहुने पनि बताए । तर अध्यक्ष दाहालको गाडी नजाउन्जेल जानै नमिल्ने भन्दै कार्कीलाई सुरक्षाकर्मीले थर्काउँदै त्यहीँ रोके । तर कार्कीले सुरक्षाकर्मीलाई जनताको मतले जिताएको नेताले जनतासँग डराउन नहुने भन्दै आफूलाई अस्पताल जान आग्रह गरिरहे । तर उनले यसो भनिरहँदा सुरक्षाकर्मीले व्यंग्यमिश्रित उत्तर दिँदै भने, ‘तपाई भोलि मन्त्री हुनु भयो भने हामी सलाम गर्न तयार छौँ । तर अहिले अध्यक्ष दाहाल सवार गाडी आएकाले जान दिन सक्दैनौँ ।’
त्यसपछि ट्राफिक प्रहरीले कार्कीको मोटरसाइकल मात्रै त्यहाँ रोकेनन्, उनको लाइसेन्स नै खोसे । त्यो बेलासम्म दाहाल सवार गाडी आएकै थिएन । लाइेन्स खोसिएपछि कार्कीले मोटरसाइकल र हेल्मेट पनि प्रहरीलाई बुझाए । बल्ल ट्राफिक प्रहरीले उनलाई चाबी र मोटरसाइकल दिए, त्यो पनि मेन रोडमा नगुड्ने शर्तमा तर उनको लाइसेन्स भने खोसिएकै थियो । दाहाल मुल सडकबाट गएपछि कार्कीले ठुलीआमालाई खान पुर्याउन भ्याए । तर उनले ट्राफिक प्रहरीलाई १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्यो । आफूले कुनै नियम नतोडेकै अवस्थामा ट्राफिकले १५ सय जरिबाना तिराएको गुनासो कार्कीले गरे ।उता अध्यक्ष दाहालको सवारी अगाडि मोटरसाइकल कुदाएको आरोपमा लाइसेन्स खोसेर जरिवाना तिराएको बारेमा कुनै जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्सपेक्टर शिव पोखरेलले जानकारी दिएका छन् । अन्नपूर्णपोस्टबाट
November 6, 2018 11:47 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’