तिहारका बेला यात्रु लिएर हिँडेको जीप ठूलीभेरीमा खस्यो, १० जनाको मृत्यु, २ गम्भीर घाईते
डोल्पा । आज तिहारको पहिलो दिन डोल्पाको ठूलीभेरीमा जीप खस्दा १० जनाको ज्यान गएको छ। चार्ड पर्वका बेला यात्रु लिएर हिँडेको जीप ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाएका सबैको सनाखत भएको छ।मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिए।
घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन्। घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै शवको मङ्गलबार परीक्षण गरेर आफन्तलाई बुझाइने बताइएको छ। त्रिपुराकोटतर्फ १२ जना यात्रु बोकेर जाँदै गरेको भे१च १६१० नंको जीप अपराह्न दुर्घटना हुँदा सात पुरुष र तीन महिलासहित १० को मृत्यु भएको हो। जीप सडकबाट पन्ध्र मिटर तल ठूलीभेरी नदीमा खसेको थियो। जिल्लावासीलाई सुविधा दिनका लागि हेलिकोप्टरबाट ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै–जुफालमा सञ्चालित थिए।
November 6, 2018 12:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’