पोखरा प्रिमियर लिगः पारसको अर्धशतकसँगै पोखरालाई १ सय ६१ रनको लक्ष्य
पोखरा, २० कात्तिक । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिगको फाइनल खेलमा कप्तान पारस खड्काले अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनलाई जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पार्यो । चितवनका लागि कप्तान पारस खड्काले २७ बलमा ९ चौका हिर्काएर ५१ रनको अर्धशतकको इनिङ्स खेले । अपेक्षा गरिएका हरिशंकर साह ८ रनमै आउट भएपछि मैदानमा उत्रिएका पारसले अनिलसँग दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे । दोस्रो विकेट पतन हुँदा चितवन ८५–२ को अवस्था रहेको थियो ।
त्यसपछि अनिल र सन्नीले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गरे । अनिल कुमार साहले ३८ बलमा ३ चौका र १ छक्कासहित ३७ रन जोडे । सन्नीले आक्रमक इनिङ्स खेल्दै ४३ रन जोडे । उनले २१ बलमा ३ चौका र ४ छक्का हिर्काए भने आरिफ शेख १४ रनमा नटआउट रहे ।उपाधिको लागि घरेलु टोली पोखरा पल्टनले जवाफी ब्याटिङ सुरु गरेको छ ।
November 6, 2018 1:06 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :