यहाँ हुँदैछ रणवीर–दीपिकाको बिहे,हेर्नुहोस् इटलीको ‘लेक कोमो’को सुन्दरता
एजेन्सी। बलिउडका २ स्टार रणवीर कपुर र दीपिका पादुकोण बिहेका लागि इटली पुगेका छन् । उनीहरुले यहाँ लेक कोमोको किनारमा बिहे गर्नेछन् । यो ताल आफ्नो सुन्दरताको लागि जति चर्चित छ त्यत्तिकै डेस्टिनेशन वेडिङको लागि पनि प्रसिद्ध छ । १४६ वर्ग किलोमिटरमा फैलिएको इटलीको तेस्रो ठूलो लेक कोमो १३०० फिट गहिरो छ ।
लेक कोमो एल्पस पहाडको फेदमा अवस्थित छ जहाँ हरेक वर्ष हजारौं पर्यटक आउँछन् । लेक कोमोको आधिकारिक वेबसाइटका अनुसार यहाँ अहिलेसम्म २५६ भीआइपी विवाह भइसकेका छन् । हलिउड अभिनेता टम क्रुज समेत कैयौं सेलिब्रेटीले यहाँ विवाह गरिसकेका छन् । यहाँ १५ वेडिङ प्लानर छन् जो विवाहलाई स्मरणीय बनाउँछन् । यसका अलावा यहाँ रहेका ५२ भिलामध्ये कुनै पनि रोज्न सकिन्छ ।
रोमनकालदेखि नै कोमो लेक विदा मनाउने गन्तव्यको रुपमा चर्चित छ । यहाँ कैयौं सुविधासम्पन्न भिला छन् जहाँ आएर पर्यटक बस्छन् । यहाँका भवनहरु गथिक आर्किटेक्चरबाट बनेका छन् । लेक कोमो पुग्नको लागि इटलीको शहर मिलान पुग्नुपर्छ । यहाँबाट ट्रेन वा सडकमार्गबाट लेक कोमो पुग्न सकिन्छ । लेक कोमो फेशनको राजधानी मिलानबाट ८५ किलोमिटर टाढा छ जहाँ जानको लागि मिलानबाट कैयौं सवारी साधन उपलब्ध छन् । मिलानबाट लेक कोमो पुग्न १ घण्टा ५ मिनेट लाग्छ ।
November 11, 2018 11:45 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग