

बंगलादेशविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ, २७ कात्तिक । जापान ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको अन्तिम खेलमा नेपाललाई आज बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह २ः१५ बजे याङगोनस्थित थुनुवा स्टेडियममा सुरु हुनेछ ।पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यानमारसँग बराबरी खेल्दै दुई अंक जोडेको नेपालका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
दुई अंक जोडेको नेपाल समु सी को तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारत र म्यानमारको समान चारचार अंक रहेको छ । बंगलादेश अंक बिहिन हुँदै चौथो स्थानमा रहेको छ ।नेपालले बंगलादेशविरुद्ध धेरै गोल अन्तरको जित निकाल्नु पर्ने दबाब रहेको छ ।भारत र म्यानमारबीचको खेल पनि नेपाल अर्को चरणमा पुग्ने वा नपुग्ने त्यसमा भर पर्नेछ ।
उक्त खेलमा हार जित भएमा र बंगलादेशलाई हराएमा नेपाल उपविजेताले उपविजेताको रुपमा दोस्रो चरणको यात्रा तय गर्नेछ ।दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । जसबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।
November 13, 2018 11:29 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

