छठ पूजासँगै रुप फेरिएको कमलपोखरी, बुधबार दिनभर सफाई अभियान
काठमाडौं। छठ पूजा गर्न थालेसँगै काठमाडौँका कतिपय ठाउँहरुको रुप फेरिएको छ । विषेश गरेर नदी तथा पोखरीहरुको संरक्षण र सरसफाईमा छठ पूजाले सहयोग गरेको पाइएको छ। काठमाडौमा सवै भन्दा धेरै जनाको उपस्थितिमा छठ पूजा गरिने काठमाडौ क्षेत्र नं. चार अन्तर्गतमा पर्ने कमलपोखरी छठका कारण संरक्षण पाएको राम्रो उदाहारण हो। फोहोर र अव्यवस्थित रुपमा रहेको पोखरीलाई सफा र व्यवस्थित गरेर छठ मनाउन सुरु गरेसँगै अहिले कमल पोखरीको मुहार फेरिएको छ । विगमा फोहोर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय विताउने
ठाउँको रुपमा विकसित भएको छ । सरसफाई र संरक्षण पाएको कमलपोखरीमा अहिले दैनिक सयौँ जना घुमघामका लागि आउने गरेको स्थानीय बासिन्दाले बताएका छन् । कमलपोखरीको संरक्षण र प्रवद्र्धनका लागि काठमाडौ क्षेत्र नं. चारका सासद गगनकुमार थापाको नेतृत्वदायी भूमीका रहेको स्थानीय बासिन्दाको भनाइ छ । थापाकै सक्रियतामा छठ पर्व मनाउन थालिएको र बर्षेनी लाखौँ रुपैयाँ बजेट पारेर कमलपोखरीको सरसफाई, मर्मत, संरक्षण र प्रवद्र्धन गरिदै लगिएको छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले बताए। सांसद थापाकै सक्रियतामा कमलपोखरी संरक्षण गुरुयोजना पनि बनाइएको छ ।
विसं २०६३ पछि काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा गर्न थालिएको छठ पूजा आठ वर्ष अगाडिदेखि कमलपोखरीमा पनि गर्न थालिएको हो।
सुरुदेखि नै छठ पुजाका लागि तत्कालीन राष्ट्रपति र उपराष्ट्रपतिको सहभागीता रहदै आएको कमलपोखरीमा अन्य ठाउँमा भन्दा भव्य पूजा र सहभागीता हुने गरेको छ। संस्कृतिविद् धिरेन्द्र प्रेमर्षीले काठमाडौमा विभिन्न ठाउँमा गरिने छठ पूजा मध्ये कमल पोखरीमा गरिने छठ पूजा बढी व्यवस्थित र आकर्षक हुने गरेको बताए।
यसपटकको छठ पूजामा सहभागीहरुले पनि कमलपोखरी पहिला भन्दा अहिले धेरै व्यवस्थित र आकर्षक हुदै गएको बताएका छन्।
त्यस क्षेत्रका संघीय सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिए। शुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उनले प्रतिक्रिया दिए।नेपाली पर्वमा एकार्कालाई ग्रहण गर्ने वातावरण बढ्दै गएको र राष्ट्रपति सहभागी हुँदा कमलपोखरीको गरिमा झन् बढेको उनले बताए । कमलपोखरीमा दिउँसो चारबजेपछि सुरु भएको छठ पुजामा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौ क्षेत्र नं. चारका सांसद थापा, प्रदेश सांसद नरोत्तम बैद्यलगायत सहभागी भएका थिए।
कमलपोखरीमा मंगलबार बेलुका आठ बजे कुटुम्ब संस्कृतिक समूहद्वारा छठ सम्वन्धी विषेश सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। क्षेत्र नं. चार अन्तर्गतकै गुहेश्वरीमा हुने छठ पुजामा पनि राष्ट्रपति भण्डारी, सांसद थापासहितको उल्लेख्य सहभागीता रहेको थियो। दुवै ठाँउमा आज विहान उदाउदो सूर्यलाई अर्घ दिएपछि यस बर्षको छठ पुजा सकिएको छ भने आज दिउसो सरसफाई कार्यक्रम हुनेभएको छ ।
काठमाडौका नदी तथा पोखरीका किनारमा बुधबारदेखि सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।
सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मी लगायतको सहभागिता रहने पुडासैनीले बताए । चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीको भनाइ छ । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको हो ।
November 14, 2018 11:07 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता