शुरु भयो रणवीर-दीपिकाको बिहे, यसरी गरियो टीकाटालो
एजेन्सी । बलिउडको सबैभन्दा लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहे शुरु भएको छ । सोमबार उनहरुबीच टीकाटालो भयो । मंगलबार संगीत समारोह भयो । बुध र बिहीबार शाही बिहे हुनेछ ।
यो जोडी बिहेका लागि इटाली पुगेको छ । इटालीमा केही सिमित आफन्त तथा साथीहरुबीच यो बिहे भइरहेको छ । समाचारअनुसार यो जोडी सोमबारदेखि आधिकारिक रुपमा एकअर्काको भएको छ । परम्परागत प्रचलन कोकणी रितिरिवाजअुसार यो जोडीबीच सोमबार टीकाटालो भएको बताइएको छ । टीकाटालो समारोहलाई भारतीय भाषामा कोकणी फुल मुड्डी भनिन्छ ।
दीपिकाका बाबु प्रकाश पादुकोणले ज्वाई रणवीरलाई नारिवल दिएर आधिकारिक रुपमा स्वागत गरे । यसपछि जोडीले एकअर्कालाई औंठि लगाइदियो । समारोहमा उपस्थित सबैका लागि यो मुभमेन्ट इमोशनल थियो । रणवीरकी स्टाइलिस्ट निताशा गौरवले ट्वीट गर्दै यो क्षण निकै भाभुक रहेको बताएकी छन् । उनले सो क्षणमा आफ्नो आँखाबाट खुसीको आँसु आएकोसमेत बताएकी छन् । समाचारअनुसार यो जोडीले केही दिनपछि बिहेका तस्वीर सार्वजनिक गर्नेछन् ।
November 14, 2018 11:12 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग