नेपाल प्रहरीकै इतिहासमा यी महिला प्रहरी बनीन् पहिलो एआइजि,सर्वेन्द्र खनालले एआइजीको दर्ज्यानी चिन्ह लगाइदिए
काठमाडौ । नेपाल प्रहरीमा पहिलो पटक एउटा इतिहास बनेको छ । नेपाल प्रहरीकी एक उच्च अधिकृत पहिलो महिला एआइजी बन्न सफल भएकी छिन् । प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डिआइजी डा. दुर्गा थापा एआइजि बन्न सफल भएकी हुन् । उनलाई आइजिपी सर्वेन्द्र खनालले एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएपछि प्रहरीले पहिलो महिला एआइजी पाएको छ।
नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने डा. थापा नै पहिलो महिला हुन्। यसअघि नेपाल प्रहरीमा डिआइजीसम्म महिला पुगेका थिए। डा. थापालाई मन्त्रीपरिषदको कात्तिक २५ गतेको निर्णयअनुसार एआइजीमा बढुवा गरिएको थियो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले डा थापालाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन र स्तरोन्नतिका लागि अग्रसर हुनु पर्ने बताए।
नेपाल प्रहरी अस्पताललाई नेपालमै रहेका अस्पतालमध्ये उत्कृष्ट अस्पतालका रुपमा स्थापित गर्नु पर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको नीतिलाई अक्षरसः कार्यान्वयन गर्दै पारदर्शी रुपमा अस्पतालको कार्यसम्पादन हुने विश्वास समेत व्यक्त गरेका थिए।एआइजी डा. दुर्गा थापाले अस्पताललाई आधुनिक, अनुशासित र कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताइन्। सुरक्षा निकायमा पनि महिलाको प्रवेश बढ्दै गइरहेको बेलामा थापाको पदोन्नतीले थप उत्साह र हौसला बढ्ने विश्वास गरिएको छ ।
November 14, 2018 11:54 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता