Saturday 20th December 2025

६ वर्षदेखि प्रेम सम्बन्ध रहेका दीपिका र रणवीरकाे विवाह ,पाहुनाले मोबाइल लान नपाइने

7 years अगाडी

मुम्बाई – बलिउडका ६ वर्षदेखि प्रेम सम्बन्धलाई समहाल्दै आएका नायक दीपिका पादुकोण र नायक रणवीर सिंह विवाह गर्दैछन् । उनीहरुले १४ नोवेम्वरमा इटलीको ‘काष्टा दिभा रिसोर्ट एण्ड स्पा’मा विवाह गर्दैछन् ।

उनीहरुको विवाहमा नजिकका साथी र आफन्त मात्र उपस्थित रहेको भारतीय मिडियाले जनाएको छ । पादुकोण र सिंहले दुई रितिरिवाज अनुसार दीपिका र रणवीरले एक अर्कालाई औँठी लगाइदिएको खबर इटालीबाट प्राप्त भएको दैनिक जागरणले जनाएको छ।

आज कोंकणी संस्कृति अनुसार विहे हुनेछ भने भोली सिन्धी रिवाज अनुसार विहे हुनेछ । ‘दीपवीर’को संगीत सेरेमोनीमा बलिउडका प्रसिद्ध गायक हर्षदीप कौरले सांगीतिक प्रस्तुती दिएका थिए । उनीहरुकोविवाहमा जाने पाहुनाले मोबाइल फोन समेत लैजान नपाउने रहेको जानकारी मिडियाले दिएको छ।दीपिका र रणवीरकाे विवाहका तस्बिरहरुलाई गोप्य राख्नको लागि सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

          November 15, 2018 11:37 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...