Monday 25th August 2025

जानी राखौ,एक हजार जनामा एक जनाको हातमा मात्रै हुन्छ यस्तो रेखा, तपाईको छ ?

7 years अगाडी

मानिसका हातमा कयौं प्रकारका रेखा र चिन्ह हुन्छन्। जसलाई हस्तरेखा ज्योतिषविद्याको माध्यमबाट हेरेर उसको भविष्यवाणी गरिन्छ। मानिसको हातमा शुभ र अशुभ दुवै चिन्ह हुन्छन्। तर त्यही चिन्हमध्ये एउटा चिन्ह यस्तो पनि हुन्छ जुन हजार व्यक्तिमध्ये एकजनाको हातमा मात्रै हुन्छ।यजसको हातमा यस्तो चिन्ह हुन्छ त्यसका व्यक्तिलाई भगवान शिवको सधैं कृपा भइरहन्छ। त्यो चिन्ह भनेको त्रिशुल हो। आज हामी तपाइँलाई हातको कुन भागमा त्रिशुल भएको व्यक्ति भाग्यमानी हुन्छ भनेर जानकारी दिँदैछौं। हातमा यदि गुरु पर्वत नजिक त्रिशुलको चिन्ह छ भने त्यस्ता व्यक्ति आफ्नो जीवनमा धेरै सफल हुन्छन्।

र उसले आफ्नो क्षेत्रमा प्रसिद्धि प्राप्त गर्छ। यो चिन्ह चेरी औँला र गुरु पर्वतमा बनेको हुन्छ। यदि त्रिशुलका चिन्ह बुध पर्वतमा छ भने त्यस्तो व्यक्ति धेरै भाग्यमानी हुन्छ। र निकै तिक्ष्ण दिमाग भएको पनि हुन्छ। बुध पर्वत कान्छी औंलाको तल बनेको हुन्छ।यदि त्रिशुलको चिन्ह बुढी औंलाको निकै तल अर्थात शुक्र पर्वतमा बनेको छ भने त्यस्ता व्यक्ति निकै इमान्दार र आफ्नो काममा निपूर्ण हुन्छन्। यस्ता व्यक्तिलाई भगवान शिवको विशेष कृपा हुन्छ। यदि त्रिशुलको आकृति मंगल पर्वतमा बनेको छ भने युवा अवस्थादेखि नै सफलता प्राप्त हुन थाल्छ। मंगल पर्वत गुरु र शुक्र पर्वतको माध्यमबाट बनेको हुन्छ।

          November 15, 2018 12:00 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...