सबै माेबाइल सेवा मापदण्डभन्दा कमजोर, टेलिकमकाे अन्यभन्दा राम्राे
काठमाडौँ, २९ कात्तिक । मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षणका क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले असोज ११ देखि २५ सम्म राजधानीका चक्रपथभित्र विभिन्न स्थानमा परीक्षण गरेको थियो। प्राधिकरणंद्वारा सार्वजनिक प्रतिवेदनअनुसार मोबाइल सेवामा एनसेल र स्मार्ट टेलिकमभन्दा नेपाल टेलिकम अगाडि देखिएको छ।
इन्टरनेट सेवामा एनसेलको गुणस्तर अन्यको भन्दा राम्रो देखिएको छ। प्राधिकरणको गुणस्तर व्यवस्थापनसम्बन्धी विनियमावलीअनुसार मोबाइल सेवामा कल स्थापित हुने दर ९९ प्रतिशत वा त्यसभन्दा माथि हुनुपर्ने प्रावधान छ। यसको अर्थ १०० पटक फोन गर्दा ९९ पटक लाग्नुपर्छ भन्ने हो । तर मुलुकभित्रका सबै टेलिकमकाे कल स्थापित हुने दर ९९ प्रतिशत नरहेकाे खबर छ।
November 15, 2018 1:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता