हिंसापिडित महिलाले पाइन १७ वर्षपछि नागरिकता
पर्वत । श्रीमान्को इन्कारीका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र पाएका छन्।परियारका श्रीमान् गोविन्द दमाईका कारण घरेलु हिंसा खेप्नुका साथै विभिन्न अवसरबाट वञ्चित परियारले ससुरा ठूले दमाईले सनाखत गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन्।
पीडित परियारले आफू श्रीमानबाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै २०७५ कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन दिएका थिए।
उक्त निवेदनको आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडा अध्यक्ष टुङ्गनाथ शर्मा र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटकपटक आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिए। नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका बल्ल खुलेको भन्दै खुशी व्यक्त गरे।
November 16, 2018 11:37 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता