पाल्पामा सात वर्षीया बालिकालाई बलात्कार गर्ने २२ वर्षीय कौशर मियाँ पक्राउ
7 years अगाडी
Susma Dhakal
पछिल्लो समय नेपालमा बलात्कार तथा महिला हिंसाले उग्र रुप लिएको छ । फेरी पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको बेतिया घर भएका २२ वर्षीय कौशर मियाँ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।
रामपुर नगरपालिका ४ मामजदुरी गर्दै आएका मियाँले रामपुर नगरपालिका ७ की सात वर्षीया बालिकालाई बलात्कार गरेका हुन्। बिहीवार अपराह्न ४ बजेतिर उनले बालिकाको घरमा अभिभावक नभएको मौका पारी बलात्कार गरेको घिमिरेले बताए।उनका अनुसार यसअघि पनि उनले ती बालिकालाई पटक पटक बलात्कारको प्रयास गर्दै आएको खुलेको छ। मियाँलाई जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रनाउ घिमिरेले बताए । बालिकाको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए।
November 16, 2018 11:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...