Saturday 20th December 2025

करोडौं कमाउने फिल्मका निर्माता तथा कलाकारले कति तिर्छन् कर ?

7 years अगाडी

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले निकै नै राम्रो व्यापारिक सफलता हात पारेको भन्दै केक काट्ने चलन बढेको छ । केही दिनअघि मात्रै घटस्थापनाबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ ले १ महिनामा १८ करोड व्यापार गरेको बताइएको थियो । त्यस्तै पछिल्लो समय चलचित्रमा काम गर्ने कलाकारहरुले निकै मोटो रकम लिने गरेका खबर सार्वजनिक हुने गरेका छन् तर उनीहरुले कर तिर्छन् वा तिर्दैनन् भन्ने थाहा छैन ।
कतिपय फिल्म निर्माताले फिल्म चलाउनकै लागि हुन्दै नभएको कमाइ भएको प्रचार गर्ने गरेको पनि आरोप लाग्ने गरेको छ । स्वदेशमा फ्लप भएका फिल्मले समेत विदेशमा प्रदर्शनका बेला दर्शक तान्नको लागि यसरी ‘फेक कमाइ’को प्रचारबाजी गर्ने आरोप लगाइन्छ । यसरी हुँदै नभएको कमाइ भएको भन्दै प्रचार गर्दा प्रचार गरिएको रकमको पनि कर तिरेका छन् त ? वा मिडियामा देखाउने कमाइ र कर तिर्ने कमाइ अर्कै हुन्छ ? आज हामीले यसै सन्दर्भमा विभिन्न नायक तथा नायिकासँग कुराकानी गरेका छौ ।

१. दिपकराज गिरी ः दिपकराज गिरी हास्य कला क्षेत्रका निकै नै अब्बल कलाकार हुन् । टेलिसिरियलबाट नेपाली कला क्षेत्रमा प्रवेश गरेका उनी अहिले एक पछि अर्को सफल चलचित्र निर्माणमा छन् । उनले आफूले विगत १७ वर्षदेखि भ्याट तिर्दै आएको बताएका छन् । तर इन्कम ट्याक्सको बारेमा भने नेपालमा खासै सिस्टम नभएको जानकारी दिए । उनले विदेशमा जस्तै भीआइपी र भीभीआइपीको कार्ड दिने लगायतका सिस्टम र सुविधा नहुन्जेल यो त्यति लागू नहुने बताए । उनले आफूले कमाइको २५ देखि ३५ प्रतिशतसम्म ट्याक्स तिर्ने गरेको बताएका छन् ।

२. पुष्प खड्का ः पुष्प खड्का पछिल्लो समय निकै नै चर्चामा रहेका नायक हुन् । मोडलिङबाट कला क्षेत्रमा प्रवेश गरेका उनले अहिलेसम्म झण्डै ४ सय म्यूजिक भिडियो गरिसकेका छन् । तर उनले म्यूजिक भिडियो बनाउनेले ट्याक्स नतिर्ने गरेको बताएका छन् । उनले भने ‘म्यूजिक भिडियोमा ट्याक्स तिर्दैनन्, मैले आफूले पनि कति भिडियो गरें तर ट्याक्स तिरेको छैन’ उनले थपे ‘तर चलचित्र क्षेत्रमा त्यस्तो छैन आफ्नो पारिश्रमिकको निश्चित प्रतिशत निर्माताले तिर्छन् ।’

३. प्रशान्त ताम्राकार ः प्रशान्त ताम्राकार चलचित्र ‘ऐश्वर्य’बाट ‘हेन्डसम भिलेन’को ट्याग पाएका कलाकार हुन् । उनले नेपाली चलचित्रमा भिलेन हुनलाई लामो कपाल पालेको र डरलाग्दो अनुहार भएको हुनुपर्छ भन्ने मान्यतालाई विस्थापित गरेका थिए । उनले डीसी नेपालसँग कुरा गदैं आफूले १५ प्रतिशत ट्याक्स तिर्ने गरेको बताएका छन् ।

४. रेखा थापाः चलचित्र इतिहासकै सदाबहार नायिकामा पर्छिन् रेखा थापा । उनले केही वर्षयता आफ्नो ब्यानरमा मात्रै चलचित्र खेल्ने गरेकी छिन् । उनले आफूले कम्पनीमार्फत ट्याक्स तिर्ने बताएकी छिन् ।

          November 16, 2018 2:29 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...