

ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

काठमाडौँ, १ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् ।
आजदेखि शुरु हुने दोस्रो चरणका पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा अहिले शुरु हुँदैछ । आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल सोही मैदानमा दिउँसो २ः३० बजे शुरु हुनेछ ।
पहिलो चरणको खेलमा मनाङले ब्रिगेडब्वाइजलाई ३–१ ले पराजित गरेको थियो । एनआरटीले आर्मीसँग २–२ गोलको बराबरी खेलको थियो । च्यासलले भने मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।राष्ट्रिय टोलीका खेलाडीको भरिएको मनाङको कप्तानी विराज महर्जनले गर्नेछन् । अग्रपंक्तिका ओलावले आफिजको प्रर्दशनले नतिजाले फेरबदल ल्याउन सक्नेछ ।यता न्यूरोड टोली पनि मनाङलाई समस्यामा पार्ने दाउमा छ । उपाधि दाबेदार आर्मीलाई पहिलो खेलमा बराबरीमा रोकेको एनआरटीलाई उमेर समूहका खेलाडीको राम्रो साथ छ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।
November 17, 2018 11:53 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

