Monday 22nd December 2025

पानी छोएको निहुमा दलित युवालाई वडाध्यक्षबाटै मरणासन्न कुटपिट

7 years अगाडी

नेपाली समाज अहिले पनि अन्धविश्वासको जालोमा जेलिएको छ । जत्ति धेरै परिवर्तको कुरा गरिएपनि त्यसको उपलब्धी झण्डैं शुन्य जस्तैं भएको छ । पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलार्य दलित भएर पानी छुने भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए । घटनाको भोलिपल्ट युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलगवामा गएर लिखित उजुर गरे ।

          November 17, 2018 12:48 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...