Monday 23rd March 2026

अबको केही वर्ष भित्र सबैं प्रदेशमा यस्ता खेल मैंदान निर्माण गर्दै सरकार !

7 years अगाडी

कास्की । नेपालले खेल क्षेत्रमा पर्याप्त लगानि गर्न नसकेको आरोप समयसमयमा खेपिरहेको छ । नेपालमा पछिल्ला दिनहरुमा क्रिकेट, फुटबल लगायतका खेलहरुको प्रभाव नेपाली युवाहरुमा राम्रो पर्दै गइरहेको विश्लेषण हुन थालेको छ । नेपालमा खेलाडीसँगैं खेल मैंदानको पनि उचित मुल्याङ्कण हुन सकेको छैन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकार देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला बनाउने योजनामा रहेको बताउनुभएको छ ।

नेपाल भलिबल सङ्घद्वारा आज यहाँ आयोजित पाँचदिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्री पुनर्ताजगी तालीमको समापन कार्यक्रममा उहाँले खेलकूदमा नयाँ पुस्तालाई आकर्षित गर्दै अन्तर्राष्ट्रियस्तरका प्रतिभावान् खेलाडी उत्पादन गर्नका लागि आधुनिक रङ्गशालाको खाँचो रहेको बताउनुभयो । मन्त्री विश्वकर्माले रङ्गशाला निर्माणपछि खेलक्षेत्रले फड्को मार्ने आशा राख्दै देशका ७५३ वटै स्थानीय तहमा खेलमैदान बनाउन मन्त्रालयले प्रस्ताव तयार गरेको र मन्त्रिपरिषद्ले पास गर्ने बित्तिकै कामको शुरुआत हुने प्रस्ट पार्नुभयो ।

खेलक्षेत्रलाई व्यवस्थित, मर्यादित र समयसापेक्ष बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्री विश्वकर्माले केही व्यक्तिले राजनीतिक आवरणमा बसेर खेलक्षेत्रमा व्यक्तिगत स्वार्थ र अभीष्ट पूरा गर्न खोज्दा समस्या आएको समेत भनाइ राख्नुभयो । सहभागीलाई नेपाल भलिबल सङ्घका रेफ्री निर्देशक तथा अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले प्रशिक्षण दिनुभएको थियो । तालीममा सहभागी १२ राष्ट्रिय रेफ्री र ४८ जना प्रदेशस्तरीय रेफ्रीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

          November 17, 2018 2:18 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...