“समान मधेश साउदी परिवार” द्वारा बिमारी हिरालाल महतोलाई आर्थिक सहयोग ।
तेज थापा,
साउदी अरब – साउदी अरबमा कृयाशिल समान मधेस साझ संगठनले एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेकोे छ । लहान नगरपालिका २४ मलहन्मा, सिराहाका हिरालाल महतोलाई संगठनले नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । केन्द्रिय सल्लाहकार शम्भु चौधरी, सह कोषध्यक्ष गणेश साह तथा उपाध्यक्ष दिपेन्द्र शाह लगायतका पदाधिकारि महतोको घरमा पुगि उक्त रासि हस्तान्तरण गरेका हुन् ।

महतो विगत ३/४ बर्षदेखि दम र खोकिको बिमारीबाट ग्रसित छन् । आर्थिक अबस्थाका कारण रोगको राम्रो उपचार गर्न सकेका छैनन् भने वस्ने उचित बासको समेत जोहो गर्न कठिनाइ परेको छ । महतोको दयनिय अवस्था तथा एक छोरी र २ छोराहरुको पढाई लेखाइमा सहयोग पुर्याउने हेतुले आर्थिक सहयोग गरिएको “सम्मान मधेश” का अध्यक्ष त्रिलोकी साहले बताए । साथै उनले गरिब,विपन्न तथा अनाथ घरपरिवारहरु संगठनले समय-समयमा यस्ता सहयोग गर्दै आइरहेको समेत जनाए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी