“समान मधेश साउदी परिवार” द्वारा बिमारी हिरालाल महतोलाई आर्थिक सहयोग ।
तेज थापा,
साउदी अरब – साउदी अरबमा कृयाशिल समान मधेस साझ संगठनले एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेकोे छ । लहान नगरपालिका २४ मलहन्मा, सिराहाका हिरालाल महतोलाई संगठनले नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । केन्द्रिय सल्लाहकार शम्भु चौधरी, सह कोषध्यक्ष गणेश साह तथा उपाध्यक्ष दिपेन्द्र शाह लगायतका पदाधिकारि महतोको घरमा पुगि उक्त रासि हस्तान्तरण गरेका हुन् ।

महतो विगत ३/४ बर्षदेखि दम र खोकिको बिमारीबाट ग्रसित छन् । आर्थिक अबस्थाका कारण रोगको राम्रो उपचार गर्न सकेका छैनन् भने वस्ने उचित बासको समेत जोहो गर्न कठिनाइ परेको छ । महतोको दयनिय अवस्था तथा एक छोरी र २ छोराहरुको पढाई लेखाइमा सहयोग पुर्याउने हेतुले आर्थिक सहयोग गरिएको “सम्मान मधेश” का अध्यक्ष त्रिलोकी साहले बताए । साथै उनले गरिब,विपन्न तथा अनाथ घरपरिवारहरु संगठनले समय-समयमा यस्ता सहयोग गर्दै आइरहेको समेत जनाए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन