

साउदी अरबमा एनआरएनए जेद्धाले सम्पन्न गर्यो छठ पर्व तथा नेपाल संवत् बिशेष कार्यक्रम ।

ध्रुब रिजाल,
जेद्धा, साउदी अरब – गैर आवासीय नेपाली संघ, आरसीसी जेद्दा साउदी अरेवीयाले दिपावली तथा छठ पर्व को अवसरमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
बिदेशी भूमिमा पनि आफ्नो मौलिक रितिरिवाज, धर्म सस्कृति, चाडपर्व लाइ जगेर्ना गर्ने मान्यताका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो । स्वदेशमा वा विदेशमा यस्ता प्रकारका कार्यक्रम, चाडपर्व कुनै एक जातजाति या कुनै बिशेष जातजातिको नभई सबै चाडपर्व सबै जातजातिको साझा चाडको रुपमा मनाउनु पर्छ भन्ने बिशेष मान्यताका साथ हरेक बर्ष यस किसिमका कार्यक्रमहरु गर्ने गरिएको उक्त कार्यक्रमका आयोजले बताए ।
जेद्दा साउथ कोर्निचको एक रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपाली महा बाणिज्य दुताबासका कार्यबाहक महाबाणिज्यदुत श्री रेवती रमण पौडेल थिए भने बिशेष अतिथिका रुपमा महाबाणिज्य दुताबासका बाणिज्यदुत श्री मनहरी दंगाल, श्रम सहचारी श्री राजु कुँवर, श्री झुप पुन, NRNA दुबईमा आबद्ध श्री राजेश अर्याल र NRNA साउदी अरबका उपाध्यक्ष श्री ध्रुब रिजाल थिए । त्यसैगरी अतिथिहरुमा जेद्दामा क्रियासिल सामाजिक संघ संस्थाका प्रतिनिधि समाजसेवी, बुद्धिजीवीहरु सहित कार्यक्रममा उल्लेख्य नेपाली जनसमुदायहरुको सहभागीता रहेको प्रत्यक्षदर्शीले बताए ।
अपरान्ह ३:३० बजे देखि सुरु भएको औपचारिक कार्यक्रम आरसिसि जेद्दाका उपाध्यक्ष राज कुमार गिरिले संचालन गरेका थिए । शुभकामना मन्तब्यको क्रममा सामाजिक अभियन्ता अन्जन पोखरेललृ सम्पूर्ण नेपालीहरुलाइ दिपावली तथा छठ पर्वको शुभकामना दिएका थिए । त्यस्तै एनआरएनए युएईबाट आएका राजेश अर्यालले देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरु लाइ ढिलै भए पनि दिपावली तथा छठ पर्वको शुभकामना दिदै कार्यक्रममा उपस्थित् हुन् पाउनु आफ्नो सौभाग्य भएको बताए ।
शुभकामना मन्तव्यका क्रममा श्रम सहचारी राजु कुँवरले एनआरएनए सदैव श्रमिक मैत्री भएर कन्सुलेटसंग सहकार्य गर्दै आएको जनाए । शुभकामना मन्तव्य दिदै बाणिज्यदुत शमनहरी दंगालले जेद्दामा कन्सुलेट स्थापना हुनु भन्दा धेरै पहिला देखि अबैतानिक नेपाली दुताबासको प्रतिनिधि भएर श्रमिक नेपाली हरुको समस्या समाधान गर्न संस्था कटिबद्ध हुदै आएको मा एनआरएनएलाइ बिशेष धन्यवाद दिए । एनआरएनए एनसीसी साउदी अरबका उपाध्यक्ष ध्रुब रिजालले उपस्थित सम्पूर्ण महानुभावहरुलाई बिशेष धन्यबाद दिदै एनआरएनए आफ्नो स्थापनाकाल देखि नै श्रमिक मैत्री संस्था भएको र बिशेष खाडी मुलुकमा यो संस्थाको प्रमुख उदेश्य नै बैदेशिक रोजगारीमा आउने श्रमिक नेपालीहरु को हकहित, सुरक्षित सोजगारी, उनीहरु को समस्या समाधानको निम्ति उचित पहल गर्ने बताउदै संस्थागत पहलका लागि आफस सदैब लागि पर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रमका प्रमुख अतिथि महा वाणिज्यदुत रेवती रमण पौडेलले यस किसिमको कार्यक्रम गरेर बिदेशी भुमिमा पनि हामीहरु नेपाल मै भएको अनुभूति भएको छ भन्दै आरसिसि जेद्दालाइ बिशेष धन्यवाद दिनु भयो । साथै पिडित लाल बहादुर क्षेत्री जुन केहि दिन देखि कन्सुलेटमा बस्दै आएका थिए उनलाइ नेपाल फिर्तीको लागि कसुलेटको पहलमा क्षेत्रीको कम्पनिले ६००० रियल र २ वटा राहदानी पनि लिएर आएको जानकारी गराउनुको साथै कार्यक्रममा पिडितका लागि केहि राहत संकलन गर्न पनि आरसिसि जेद्दालाइ अनुरोध गर्नु भएको थियो भने आउदो जनवरीमा कन्सुलेटले नेपाली श्रमिकहरु लाइ निशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमको आयोजाना गर्न लागेको हुँदा एनआरएनए लगाएत जेद्धा क्षेत्रमा क्रियासिल संघ संस्थाहरुलाइ सहयोगको निम्ति अनुरोध समेत गरेका थिए ।
औपचारिक कार्यक्रमको अन्तमा NRNA RCC जेद्दाका अध्यक्ष श्री भिम गुरुङले उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै एनआरएनए श्रमिक समस्या समाधान गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । साथै आउदा दिनहरुमा कन्सुलेटले श्रमिक समस्या समाधानको लागि उचित पहल गरोस भनि अनुरोध पनि गरे ।
कार्यक्रममा पिडित लाल बहादुर क्षेत्रीको सहायोगार्थ चन्दा संकलन पनि गरेको थियो जसमा ७६० रियाल संचित भएको थियो भने २४० रियाल एनआरएनए RCC बाट थप गरि १००० साउदी रियाल प्रदान गर्ने एनआरएनए क्षेत्रीय अध्यक्ष गुरुङले बताए ।
कार्यक्रमलाइ मनोरञ्जनात्मक बनाउनको लागि देउसी भैलो, सांगेतिक कोशेली साथै केहि गेमहरु को पनि आयोजना गरेको थियो भने कार्यक्रम बेलुका ७ बजे समापन भएको थियो साथै कार्यक्रममा जेद्दामा साढे दुइ दसक देखि कार्यरत समाजसेवी, बुद्धिजीवी तमुधि जेद्दाका सल्लाकार श्री गणेश गुरुङको तमुधि जेद्दाले कदर पत्र दिनुका साथै खादा र दोसल्ला ओढाई उपस्थित समुर्ण महानुभावहरुले उहाको बिशेष बिदाई पनि गरेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्यो आफ्नो गल्ती

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

