प्रियंकाका हुनेवाल श्रीमान निकलाई दीर्घ रोग !
एजेन्सी। प्रियंका चोपडा भन्दा दश वर्ष साना व्याइफ्रेण्ड निक जोनासले आफ्नो एउटा रोगका विषयमा खुलासा गरेका छन्। निकले सामाजिक संजालमा स्टाटस पोस्ट गर्दै आफू लामोसमयदेखि मधुमेयको रोगबाट पीडित गरेको बताएका छन्। १३ वर्ष पहिला १७ नोभेम्बरमा आफूलाई मधुमेह रोग लागेको थाहा पाएको निकले जनाएका छन्।
तर अहिले उनको मधुमेह रोग नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। ‘आज भन्दा १३ वर्ष पहिला मलाइ मधुमेह भएको थाहा भएको थियो,’ निकले लेखेका छन्, ‘मलाइ मधुमेह भएको केही हप्तापछिको यो फोटो हो भने अर्को फोटो मेरो अहिलेको हो, जसमा म एकदम तन्दुरुस्त देखिएको छु।’यो पोस्टमा सबैभन्दा पहिला प्रियंकाले रिएक्ट गरेकी छन्। प्रियंकाले लेखेकी छन्– तिम्रो बारेमा सबै कुरा विशेष छन्। मधुमेहसँग पनि मधुमेह बाहेक पनि।’
निकले आफ्नो पोस्टमा लेखेका छन्–आफ्नो खाने इच्छा शक्तिलाई नियन्त्रण गर्दै आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै, नियमित शारीरिक अभ्यास गर्दै मेले आफ्नो मधुमेहलाई नियन्त्रण गरेको छु।’मधुमेह भएपनि निकले हरेश खाएनन्। आज उनी हलिउडका सफल गायक हुन्। यसैगरी प्रियंकाले पनि आफ्नो गम्भीर विरामीका बावजुद आफ्नो सपना पूरा गरेकी छन्।प्रियंका पाँच वर्षकै उमेरमा विमारी भएकी थिइन्। प्रियंका र निकबीच दुई डिसेम्बरमा विवाह हुँदैछ। यी दुईबीच पहिला हिन्दू परम्परा र त्यसपछि क्रिश्चियन परम्परा अनुसार विवाह हुँदैछ।
November 18, 2018 11:58 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी