इटलीमा बिहे गरेर मुम्बई फर्किए दीपिका–रणवीर, ५० करोडको अपार्टमेन्टमा बस्ने !
मुम्बई । केही समय पहिले मिटुमय भएको बलिउड अहिले विवाहमय भएको छ । बलिउड हस्ती दीपिका पादुकोण र रणवीर सिंह इटलीमा बिहे गरेर आज भारत फर्किएका छन् । आइतवार मुम्बई आएको यो जोडीलाई फ्यानले बधाई दिए । बुधवार इटलीको लेक कोमोमा कोंकणी रीतिअनुसार बिहे भएको थियो भारत ओर्लिएपछि यो नवविवाहित जोडी पहिले एअरपोर्टमा र त्यसपछि आफ्नो अपार्टमेन्टबाट आफ्ना प्रशंसकलाई अभिवादन गरेका गर्दै तस्वीर समेत खिचाएका थिए ।
बलिउडको चर्चित बिहेमा रणवीर–दीपिकाको बिहेलाई पनि हेर्ने गरिएको छ । यी दुईले बिहेमा एकदमै नजिकका साथी र आफन्तलाई मात्र निम्ता गरेका थिए । यसैविच, दीपिका र रणवीरले मुम्बइको बान्द्रा इलाकामा ५० करोडको घर किनेको चर्चा समेत भारतीय मिडियामा चलेको छ । उनीहरु, अब उक्त घरमा बस्ने तयारीमा छन् । शान्त र समुन्द्रको समेत दृश्य देखिने घर खोजेको यो जोडीले महंगो रकम तिरेर घर किनेको हो ।
रणवीरको घरपुगेलगत्तै दीपिका र रणवीर पत्रकारहरुसँग कुराकानी गर्न राजी भएका थिए । उनीहरुले सञ्चारमाध्यममार्फत विवाहको बधाई दिने सबैलाई हात जोडेर धन्यवाद व्यक्त गरे । रणवीरको घरमा दीपिका पुग्दा त्यहाँको माहोल हेर्न लायक थियो । उनी हातमा मेहन्दी, शिरमा रातो सिन्दूर, रातो चुरा र रातै दुपट्टा ओढेर ट्रेडिशनल लुकमा देखिएकी थिइन् । रणवीर सिंहले सेतो कलरको कुर्ता पाइजामा र पिंक ज्याकेट लगाएका थिए । भारतीय सञ्चारमाध्यको सहयोगमा
November 20, 2018 11:34 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग