Monday 23rd March 2026

एउटा सन्तान गुमाउदाको पीडा आमालाई कति हु्न्छ , सम्हालिन्न आमाको मन, प्रचण्डकै अगाडी सीताको रुवाबासी

7 years अगाडी

सन्तान बियोगको पीडा आमा र बुबाका लागि समान हुन्छ । तर, आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ । एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तंगि्रन सकेकी छैनन् भन्ने सोमवार प्रष्टै देखियो ।

३ वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । पुत्री वियोग र आफ्नै शरीरले खेपिरहेको रोगबाट कमजोर बन्दै गएकी सीता पुत्र वियोगपछि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । सोमबार प्रकाश दाहालको प्रथम स्मृतिको सन्दर्भमा प्रचण्ड निवास खुमलटारमा आयोजित श्रद्धान्जली कार्यक्रममा पनि सीतालाई सम्हालिन दुई छोरी रेणु र गंगाले मात्र सकेनन् ।

          November 20, 2018 11:52 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...