किन चलेनन् नेपाली चलचित्र ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’ ?
काठमाडौं – फ्राइडे रिलिजअन्तर्गत यो साता एकसाथ तीनवटा सिनेमा गुनगुन, दैलो र अनुग्रह प्रदर्शनमा आए । तर तीनवटै सिनेमाले कमजोर कारोबार गरेका छन् ।यो साता प्रदर्शनमा आएका तीनवटै सिनेमाले प्रचारप्रसारलाई त्यति महत्व दिएनन् । यही कारण पनि हुनसक्छ प्रदर्शनमा आएका यी सिनेमाहरुको बारेमा दर्शकलाई खासै जानकारी भएन ।प्रचारप्रसारबिना नै प्रदर्शनमा आएका यी तीन सिनेमा कारोबारमा पनिअसफल रहेका छन् ।
सिनेमा गुनगुन असफल भएर हलबाट उतारिएपछि निर्माता र हलवालाबीच विवादसमेत भएको छ । नायिका सञ्चिता लुइटेल र नायक सुभाष मेचे अभिनित चलचित्र ‘गुनगुन’ हटाइएपछि अहिले यसका निर्माता र काठमाडौंको अष्टनारायण हलका मालिकबीच आरोप–प्रत्यारोप चल्न थालेको छ । प्रदर्शनमा आएको पहिलो दिन नै सिनेमा हलबाट उतारिएपछि यसका निर्देशक पुकार भट्टराईले अष्टनारायण हललाई कारबाही गर्न माग गरेका छन् ।
उनले सिनेमाले राम्रो कमाई गर्ने शनिबारको दिन नै हलमा सिनेमा लाग्न नपाएको भन्दै हललाई कारबाही गर्न र क्षतिपूर्ति भराउन अपील गरेका छन् । यसरी निर्देशकले आफ्नो हललाई कारबाही गर्न माग गरेपछि अष्टनारायणका सञ्चालकले विज्ञप्ति निकाल्दै यसको खण्डन गरेका छन् । कात्तिक ३० गते रिलिज भएको सिनेमाले दर्शक नै नभएकाले शनिबारदेखि हलबाट हटाइएको सञ्चालकले बताएका छन् ।
अष्टनारायण हलका सञ्चालकमध्येका एक सोहित मानन्धरले शुक्रबार बिहानी शोमा दर्शक नभएर शो बन्द भएको, साढे ११ बजे १२ जना र साढे २ बजे २६ जना मात्र दर्शक भएको बताएका छन् । २५ प्रतिशतभन्दा कम अकुपेन्सी भएपछि चलचित्र हलबाट उतार्न पाइने सम्झौताअनुसार हलबाट उतारिएको मानन्धरले उल्लेख गरेका छन् ।
उता दसैँको घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले भने ४० औँ दिनमापनिआफ्नो कारोबार कायम राखेको छ । यो सिनेमाले नेपालमा मात्रै नभएर अमेरिकामा पनि सबैभन्दा धेरै पटक प्रदर्शन हुने सिनेमाको रेकर्ड समेत कायम गरिसकेको छ । त्यस्तै अस्ट्रेलियामा पनि सोमबार १९ औँ पटक प्रदर्शन भएको छ ।
त्यस्तै कात्तिक १६ गते देखि प्रदर्शनमा आएको सिनेमा चङगा चेटले पनि दिनप्रतिदिन दर्शकको साथ पाइरहेको छ । यो सिनेमालाई माउथ पब्लिसिटीले कारोबारमा सघाएको निर्माण पक्षले जनाएको छ । सिनेमाले सफलता पाएको भन्दै मंगलबार मात्रै निर्माण पक्षले केकसमेत काटेको थियो ।
November 20, 2018 12:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी