कहिलेदेखि मलेसिया जान पाउछन् नेपाली कामदार ?
काठमाडौँ । मलेसियासँग नयाँ श्रम सम्झौता भएको २१ दिन पुगिसक्दा पनि पहिल्यै भिसा लागेर त्यहाँ जाने पर्खाइमा रहेका कामदार समेत जान नपाएको व्यवसायीले बताएका छन्।मलेसियामा कामदार पठाउने प्रक्रिया विगत पाँच महिनादेखि रोकिएको छ। अधिकारीहरूले सम्झौताको प्रक्रियागत कार्यान्वयन विधि तयार पार्न गठन गरिएको समूहले केही दिनमा काम सक्ने र लगत्तै कामदारका लागि मलेशिया खुल्ला गरिने बताएका छन्।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरू ठगिएको र उनीहरूले उचित सेवा सुविधा नपाएको भन्दै सरकारले मलेसियामा कामदार पठाउन जेठको पहिलो हप्ता रोक लगाएको थियो। त्यसयता दुई देशका सरकारबीच भएका कैयौँ छलफलपछि कार्तिक १२ गते नयाँ श्रम सम्झौता भएको थियो। तर सम्झौता भएको २० दिन कटिसक्दा पनि कामदार पठाउने बाटो खुलेको छैन।सम्झौताअघि नै भिसा लागेर मलेसिया जाने पर्खाइमा रहेकालाई पठाउने प्रक्रिया शुरू गरिनुपर्ने वैदेशिक रोजगार व्यवासायी महासंघका अध्यक्ष रोहन गुरुङ बताउँछन्।
भिसा आइसकेको छ, यसलाई शुरू गरिदिऊँ, बाँकी मिलाउँदै जाऊँला। आइसकेको मागपत्रलाई फेरि पठाउनुपर्ने लगायत कार्यविधिमा उल्लेख गरिएका विषय त मान्दैनौँ भन्नु भएन। त्यस्ता कामदारको सङ्ख्या झण्डै १२ हजार रहेको बताइएको छ। सम्झौता कार्यान्वयनको विधि तयार गर्न समूह गठन भएको छ। त्यसले काम सकेपछि मात्रै कामदारका लागि मलेसिया खुल्ला गरिने सरकारी भनाइ छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने, ‘उहाँहरूले सिफारिश गरेपछि मन्त्रालयले कुनै ढिलाइ गर्ने छैन। केही प्राविधिक समस्या दुवै समूहमा हुनसक्छन्, छिटो निर्णय गरेपछि कमजोरी हुनुभन्दा पर्याप्त गृहकार्य गरेर यसलाई अघि बढाउँछौँ।श्रम सम्झौता लगत्तै दुई देशका टोलीबीच मोटामोटी सहमति भएर कार्यान्वयन विधि पनि तयार भइसकेको बताइएको छ। तर मलेशिया सरकारले केही विषय त्यहाँको संसद् र मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने भएकाले अड्किएको सरकारी अधिकारीहरूको भनाइ छ।कार्यविधि तयार भइसकेपछि पनि केही प्रक्रियामा समय लाग्ने भएकोले वैदेशिक रोजगारीमा मलेशिया जान अझै करिब एक महिना लाग्ने उनीहरूको भनाइ छ।
November 21, 2018 12:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता