Sunday 22nd March 2026

चिसोले कठ्याङ्ग्रिएर चौहानको मृत्यु

7 years अगाडी

तनहुँ, ६ मङ्सिर । चिसोले कठ्याङ्ग्रिएर बिहिबािर बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो ।कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्यवसाय गर्न आएकी कुड्की रातको समयमा खुला आकाशमुनि बस्दै आएकी थिइन् ।

बुधबार साँझसम्म खुला चौरमा खाना पकाएर खाने र सोही स्थानमा सुतेकी ती महिलाको चिसोका कारण मृत्यु भएको हुनसक्ने मृतककी कान्छा छोरा मुगुराउत चौहानले जानकारी दिए । लामो समयदेखि निमोनिया र सुगरले ग्रसित ती महिलाको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

          November 22, 2018 12:43 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...