Sunday 22nd March 2026

राति कोठामा छिरेर १३ वर्षीया बालिका बलात्कार गर्न खोज्ने युवक पक्राउ

7 years अगाडी

पाँचथर । एक १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नारायण गौतमले बताए।

उनका अनुसार मङ्गलबार राति साढे ९ बजे बालिकाको कोठामा गई जबर्जस्ती गर्न खोजेको परिवारको उजुरीपछि लिम्बूलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

          November 23, 2018 10:43 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...