अक्षय कुमार र विद्या बालन विवादको घेरामा, अक्षयको संकट बढ्दो
एजेन्सी। अक्षय कुमार र विद्या बालनको नयाँ फिल्म ‘मिशन मंगल’ विवादमा आएको छ। फिल्म निर्माता राधा भारद्वाजले फिल्ममा स्क्रिप्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन्। उनले अदालतसमक्ष फिल्म ‘मिशन मंगल’ को शुटिङ रोक्न र रिलीजन हुनबाट रोक्न अन्तरिम आदेशको माग गरेकी छन्। राधाका अनुसार फिल्म ‘मिशन मंगल’ को मुख्य स्क्रिप्ट उनको थियो। राधाले ‘नीरजा’ का निर्माता रहेका अतुल कासबेकरलाई दुई वर्ष पहिला नै स्क्रिप्ट सुनाइकी थिइन्। र त्यही स्क्रिप्ट उनले विद्या बालनलाई सुनाएका थिए।
राधाको दाबी अनुसार अतुल कासबेकरले ‘नन डिसक्लोजर एग्रीमेन्ट’ को उल्लघंन गर्दै उक्त कथा विद्या बालनलाई सुनाएका थिए। अनि बोर्डमा अक्षय कुमार अन्य मानिसहरु आए। यसै सेरोफेरोमा फिल्मको शुटिङ पनि सुरु गरियो। उनीहरुको उद्देश्य राधाको शुटिङ भइसकेको फिल्म ‘स्पेस एमओएमएस’ अर्थात ‘स्पेस मिशन अन मार्स’ लाई नोक्सा पुर्याउनु थियो। ‘मेरो फिल्ममा ठूला स्टार छैनन्, जबकि अक्षय कुमार भएको फिल्ममा ठूला कलाकार छन्। र ठूला निर्माता पनि यो फिल्ममा संलग्न छन्,’ राधाले भनिन्।
राधाकी वकील सृष्टि ओझाले भनिन्– ‘मंगलयान’ को कथा भन्ने सयौं तरिका छन्। तर राधाको कहानीमा अनौठो एंगल थियो। यो एंगल विमेन इन्जिनियरर्सको थियो। जसका कारणले मंगलयान पठाउन सक्छ। राधाले दुई वर्ष पहिला नै यो कथा लेखेकी थिइन् र यूएस कपीराइट अफिसमा रजिष्टर पनि गराएकी थिइन्। रिसर्चकालागि आफ्ना इन्जिनियरसँग अन्तर्वाता पनि गरेकी थिइन्।’
फेरि राधा भारद्वाजले २०१६ मा अतुल कासबेकरसँग करार सम्झौता गरिन्। अतुलको कम्पनीले राधासँग नन डिसक्लोजर एग्रीमेन्ट साइन गर्यो। जस अनुसार अतुललले फिल्मको कथा कसैलाई पनि सुनाउन पाउँदैन थिए। त्यसो गर्न अतुलले राधासँग लिखित अनुमित लिनुपर्ने थियो। तर त्यसो हुन सकेन। राधाले दर्ता गराएको मुद्दाका अनुसार राधासँग अनुमति नलिइकन अतुलको कम्पनीले विद्या बालनलाई स्क्रिप्ट मेल गर्यो र विद्याले पनि पढिन्। त्यसपछि राधाले अतुलको कम्पनीसँग करार सम्झौता तोडिन्।
यसरी अहिले अतुलको कम्पनी विवादको घेरामा पुगेको छ। अब मुद्दाको फैसला के आउँछ भन्ने हेर्न बाँकी छ। राधाले यसअघि आफ्नो पहिलो फिल्म ‘क्लोज ल्याण्ड’ मार्फत अमेरिकामा अवार्ड जितिसकेकी छन्।अक्षय कुमार एक अर्को विवादमा फसेका छन्। अक्षयमाथि सच्चा सैदा डेराका प्रमुख गुरमीत राम रहीमको फिल्म ‘म्यासेन्जर अफ गड’ लाई पंजाबमा चलाउनकालागि अकाली दलसँग एक करोडको डिल गराएको आरोप लागेको छ। यो विषयमा एसआईटीले बधबार चण्डिगढ प्रहरी मुख्यालयमा अक्षय कुमारसँग डेढ घण्टा सोधपुछ गरेको थियो। जवाफमा अक्षय कुमारले आफूमाथि लागेको आरोप फिल्मी कहानीजस्तै मनगढन्ते भएको दाबी गरेका थिए। यसअघि एसआइटीले पूर्व मुख्यमन्त्री प्रकाश सिंह बादल र शिरोमणि अकाली दलका प्रमुख सुखबीर सिंह बादलसँग पनि सोधपुछ गरिसकेको छ।
November 23, 2018 11:48 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग