सभापति देउवा आक्रोस : ‘प्रधानमान्त्री केपी ओलीको नाम ‘करप्रसाद ओली’ राख्नु पर्छ’ !
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला हत्याकाण्डको दोषीलाई सरकारले बचाउन खोजिरहेको बताएका छन् । बिहीबार भैरहवामा आयोजित नेपाली कांग्रेस महासमिति बैठकका सन्दर्भमा राजनीतिक एवं मस्यौदा सुझाव संकलनका लागि ५ नम्बर प्रदेश स्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले साे कुरा बताएका हुन् ।आफ्नै पार्टीका नेता र कार्यकर्ताहरु आफू विरुद्ध उत्रिए पनि अधिनायकवादतिर लम्किरहेको केपी ओली नेतृत्वको सरकार विरुद्ध कांग्रेसका नेता कार्यकर्ताहरु चाहि केहि पनि नबाेलेकाे भन्दै रुष्ट भए ।
ओली सरकारलाइ दुनीयाकै सबैभन्दा बढी भ्रष्टाचारी र स्वयच्छाचारी भएको उल्लेख गर्दै उनले भने, ‘नेकपाका नेता माधव कुमार नेपाल केपी ओली विरुद्ध बोलिसके, के माधव नेपालले बोले जति हिम्मत हाम्रो नेताहरुमा छैन । नेकपा खिलाफ बोल्नुस, किन डराउनुहुन्छ ?’सरकारले मुलुकमा महंगी, कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको बताउँदै सभापति देउवाले प्रधानमान्त्री केपी ओलीको नाम ‘करप्रसाद ओली’ राख्नुपर्ने ब्यंग्य गरेका थिए ।अबको लडाइपार्टी भित्र नभइ कम्युनिष्टहरुसंग गर्नु पर्ने भन्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात र कलहलाइ छोडेर सरकारको अधिनायकका बिरुद्ध आवाज उठाउन आफ्ना नेताहरुलाइ आग्रह गरे।
November 23, 2018 1:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता