सिमकोटमा पाँच महिना कुरेर पाँच किलो चामल पाउन मुस्किल छ
सिमकोट, ८ मङ्सिर । शुक्रबार खाद्यान्न पाउने खबर पाएपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ मा अघिल्लो दिनबाट चहलपहल बढ्यो । अधिकाँश महिलाले बिहान सबेरै उठेर खाना पकाए । बालबच्चालाई खुवाए अनि लागे खाद्य संस्थानको गोदामतिर । सामान्यतया महिनाको एक पटक पाउनुपर्ने खाद्यान्न पाँच महिनापछि वितरण हुँदै थियो । त्यसैले बिहान सबेरै खाद्यान्न लिन स्थानीय लाममा थिए । लाममा लाग्नेको सङ्ख्या ठूलै थियो घर कुपनका आधारमा प्रति सदस्य पाँच किलो खाद्यान्न वितरण हुने भएपछि शुक्रबार बिहान ७.०० बजे लाम लागेको सिमकोट गाँउपालिका वडा नम्बर–५ की शिवा रावतले बताउनुभयो ।
तीन जना सदस्यको प्रति सदस्य पाँच केजीका दरले पाउने १५ केजी चामल लिन भण्डै चार घण्टा लाममा बस्नु परेको उहाँको गुनासो थियो ।पाँच महिनाको ७५ केजी पाउनुुपर्ने हो, तर चार महिना खाद्यान्न वितरण नभएपछि १५ केजीमै चित्त बुझाउनु परेको उहाँले सुनाउनुभयो । बजारमा निजी क्षेत्रका ब्यापारीले मुगुबाट खच्चडमा ढुवानी गरेर ल्याएको प्रतिकेजी १८० रुपियाँ मूल्य पर्ने चामल किन्न नसकिने भएपछि बल्ल घरमा चामल पसेको उहाँले बताउनुभयो ।दशैँको बेला संस्थानले प्रतिपरिवार दुई केजीका दरल चामल चामल अक्षता मात्रै भयो । अहिले भने बल्ल घरमा चामल छिरेको अनुभव भएको उहाँले बताउनुभयो । पैसा भएर पनि चामल किन्न सकस भएको रावतले गुनासो गर्नुभयो ।
यता सिमकोट गाउँपालिका वडा नम्बर ६ की बासकली रोकायाले पाँच घण्टाको बसाइपछि घर कुपनको पाँच केजी खाद्यान्न पाएको बताउनुभयो ।‘कस्तो बिडम्बना पाँच केजी खाद्यान्न लिन पनि यत्रो समय कुर्नुपर्ने, अनि हाम्रो प्रगति कसरी हुन्छ,’ रोकायाले सुनाउनुभयो ।यस अघि बजारको महँंगो मूल्यको चामल खरिद गरेर खाँदै आउनु भएकी रोकायालाई अहिले भने केही राहत भएको भएको छ । खाद्य संस्थानको मन्सुली चामलको मूल्यप्रति केजी ७० रुपियाँ रहेको छ । बजारमा सोही चामलको मूल्य प्रतिकेजी ११० रुपियाँ छ ।खाद्यान्न संस्थानकोे चामलबाट केही राहत पुग्ने उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा राजन रावतले खबर लेखेका छन् ।
November 24, 2018 10:18 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता