निको हुँदै नेयमार र एमबाप्पे, बढ्यो लिभरपुलविरुद्ध खेल्ने सम्भावना
पेरिस, ८ मंसिर । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डद्वय नेयमार र किलियन एमबाप्पेको स्वास्थ्यमा सुधार भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दौरान चोट बोकेका उनीहरुले लिभरपुलविरुद्धको च्याम्यिनस लिग खेल्ने प्रबल सम्भावना बढेको छ ।पीएसजीका प्रशिक्षक थोमस टुचेलका अनुसार उनीहरुले शनिबार टोलुसोविरुद्धको लिग वान खेल्ने मौका गुमाए पनि लिभरपुलविरुद्ध खेल्ने सम्भावना भने रहेको छ । उनले शनिबार नै खेलाएर जोखिम नमोल्ने बताए ।
उनले अगाडि भने, ‘उनीहरु बुधबार राति लिभरपुलविरुद्धको खेलमा उपलब्ध हुने प्रबल सम्भावना छ ।’ब्राजिलले क्यामरुनलाई १–० ले पराजित गरेको खेलमा नेयमार घाइते भएका थिए । उनको तिघ्रामा खेलको आठौं मिनेटमै चोट लागेको थियो । त्यसैगरी, एमबाप्पेलाई उरुग्वेलाई १–० ले पराजित गरेको खेलमा काँधमा चोट लागेको थियो ।
बुधबार राती च्याम्पियन्स लिगको खेलअन्तर्गत घरेलु मैदानमा पीएसजीले लिभरपुलसँग खेल्दैछ । समूह ‘सी’ बाट नकआउट चरणमा प्रवेश गर्न दुवै टिम जित्नै पर्ने दबावमा छन् ।
November 24, 2018 10:20 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी